क्षेत्रीहरु एकजुट भउर अघि बढ्नुपर्ने सरोकारवालाको भनाई

प्रकाशित मिति:

सरकारले आदिवाशि जनजातिहरुको वर्ग छुट्टाएको भए पनि राज्यमा १७ प्रतिशत हिस्सा ओगटेको क्षेत्री समुदायलाई क्षेत्रीहरुको हक अधिकार राज्यले शुनिश्चित गर्न कतै उल्लेख नगर्नु दुखको कुरा रहेको एक कार्यक्रममा बोल्ने बत्ताहरुले बताएका छन् ।

क्षेत्री समाज नेपाल जिल्लाकार्य समिती रुपन्देहीले अन्तराष्ट्रिय आदिवाशि दिवसको अवसरमा विहिवार वुटवलमा आयोजना गरेको क्षेत्री समाज भेलामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । उनिहरुले क्षेत्रीहरुलाई सरकारले आदिवासिको सुचिमा राख्नु पर्नेमा क्षेत्रीहरुको अस्तित्व नै मेटाउन सरकार आफै लागेको आरोप लगाए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्री समाज नेपालका केन्द्रिय सदस्य विष्णु बहादुर कार्कीले राज्यले उपेक्ष ग¥यो भन्दैमा निरास नभएर सबै क्षेत्रीहरु एक जुट भएर अधिकारको खोजिमा लाग्नु पर्ने बताउनु भयो । क्षेत्री समाज रुपन्देहीका सल्लाहकार पृथ्वी फौदारले वास्तविक क्षेत्रीको तत्थङक नभए पनि १७ प्रतिशत रहेका क्षेत्रीहरुको अधिकार संविधानले नछुट्टाउनु दुखद रहेको बताउदै सरकारले क्षेत्रीहरुको ईतीहास लोप गराउने षडेन्त्र गरेको आरोप लगाउनु भयो ।

कार्यक्रममा सल्लाहकार समुन्द्र जिसि, भत्त बहादुर कार्की, वुटवल उपमहानग अध्यक्ष तुल बहादुर केसि, लगायतले बोल्नुभएको थियो । समाजका अध्यक्ष गुप्त बहादुर केसिको अध्यक्षता उपध्ययक्ष लिल बहादुर क्षेत्रीको स्वागत तथा सचिव नारयण रायमाझिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।