प्रथम कञ्चन महोत्सबको शुभारम्भ,महोत्सबले कञ्चनको समृद्धिको लागि आधार निर्माण हुने :ढकाल

१७ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
662 Shares


जगिलाल थापा सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन(४,रुपन्देहीको आयोजना तथा नेपाल मेला महोत्सब संघ,काठमाण्डौको ब्यबस्थापनमा संचालन भएको प्रथम कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सब आज देखि शुरु भएकोछ।कञ्चन गाउपालिका वार्ड नं।४ सुनगाभा चोकमा सांझको मेलाको रुपमा जेठ ३२ सम्म संचालन भएको प्रथम कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सब २०७६को शुभारम्भ प्रदेश सभा सदस्य भुमिश्वर ढकालले गर्नु भएको हो।महोत्सबको उदघाटन गर्दै सांसद भुमिश्वर ढकालले कञ्चन महोत्सबले कञ्चनको समृद्धिमा बलियो आधार बन्ने बिश्वास गर्नु भएको छ।

महोत्सबले स्थानिय उधोग तथा व्यापार ब्यबसायको प्रबर्द्धन संगै लुम्बिनी भ्रमण बर्षलाई सफल बनाउन बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन ठुलो सहयोग गर्नेमा पनि बिश्वास गर्नु भएकोछ।फरक प्रसंगमा बोल्दै ढकालले भन्नु भयो अहिलेको सरकारले आफ्नो शासनकालमै आम नागरिकले अनुभुति गर्न सक्ने गरि काम गर्ने बताउनु भएकोछ।चुनाबका बेला बाचा गरेका सबै योजना र प्रतिबद्धता पूरा गर्ने बताउदै आ।ब। २०७६र७७ को बजेटले कञ्चनको सपनालाई सम्बोधन गरेको बताउनु भएको छ।

यसैगरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले महोत्सबको आयोजनाले कञ्चनमा रहेका विभिन्न प्रतिभाहरुको समेत सम्मान हुनुको साथै ब्यबसायको प्रबर्द्धनमा टेवा पुग्ने बताउनु भएकोछ।

लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सहयोग पुर्याउने गरि पर्यटन तथा ब्यबसाय प्रबर्द्धन गर्ने उद्धेस्यले संचालन गरिने कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सबमा कृषि उत्पादनलाई प्राथमिकता दिइने महोत्सबमा आउने दर्शकहरुका लागि अत्यावस्य खानेपानी,सुरक्षा र प्राथमिक स्वास्थ्य उपचारको समेत ब्यबस्था गरिएकोछ। यससंगै विभिन्न जातिय पहिचान सहितको विभिन्न सांस्कृतिक भेषभुषा र खानाको परिकार समेत महोत्सबमा राखिने र महोत्सबको मुख्य आकर्षणको रुपमा नेपाली गितमा नाच्न सक्ने मरुभुमिको उंट संगै प्रथम कञ्चन डान्स आइडियल २०७६ समेत हुनेछ। सो प्रतियोगितामा प्रथम हुनेले रु।२५ हजार,दोस्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउनेछन।

 

कञ्चन गाउपालिकाको समेत मुख्य सहयोग रहेको सो महोत्सबबाट संकलित रकमले सुनगाभा हर्नाचौर शान्ती पार्क निर्माणका लागि खर्च गरिने भए पनि बेमौसमी समयमा आयोजना गरिएको यस महोत्सबलाई सफल रुपमा सम्पन्न गर्न कञ्चनका सबैक्षेत्र संग समन्वय गरिएको आयोजकले जनाएको छ।बाह्य तथा आन्तरिक प्रयटक भित्र्याउने गरि निर्माण हुन थालेको सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माण गर्न संचालन गरिएको महोत्सबमा कृषि उत्पादन,फेन्सी तथा कस्मेटिक,होटल तथा रेष्टुरेन्ट लगायत बाल उधान गरि ११० स्टल रहेका छन भने महोत्सबको अवसरमा ५० हजार दर्शक भित्र्याई करिब डेढ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिएकोछ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत महोत्सबमा सागर आले,बद्री पंगेनी,ज्योती मगर,कमल खत्री लगायत कलाकारहरु आउनेछन।मेलालाई सुरक्षित र ब्यबस्थित गराउन जनपद प्रहरी र शसस्त्र प्रहरी बलको साथमा स्थानिय संघ संस्थाहरु संगको सहकार्यमा दैनिक २० जना स्वयमसेबक परिचालन गरिने र भोली उदघाटन शत्रलाई सभ्य र भव्य बनाउन जनपद प्रहरी र शसस्त्र प्रहरी सहित ६० जना युवा स्वयमसेबक परिचालन गर्ने र आयोजकले जनाएकोछ।

महोत्सब संचालन समितिका संयोजक किरन के।सी।को अध्यक्षतामा शुभारम्भ भएको कार्यक्रममा टिकाराज गिरि,दिनानाथ आचार्य लगायतले बोल्नु भएको थियो भने हिमा बेलबासेको संचालनमा कार्यक्रम भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन