अमेरिकामा क्रेडीट बनाउने ५ उत्तम उपायहरु

प्रकाशित मिति:

सानुबाबु सिलवाल– तपाइ नया हुनुहुन्छ अमेरिकामा। भर्खरै आउनु भ​एको छ अर्थात भर्खरै कानुनी कागज बनेको छ​। क्यास अर्थात नगदमा मात्रै तनाखा बुझिरहनु भ​एको छ​। बैङ्क खाता र डेबिट कार्ड त छ तर क्रेडीट कार्ड छैन​। गाडी किन्न मन लागेर आयो अर्थात गाडी किन्नु पर्ने भयो। भाडामा एपार्टमेन्टमा बस्दा बस्दै आफ्नै घर किन्ने सुर चल्यो। कुनै सामान उधारोमा किन्नु पर्यो, आफुसङ्ग साथमा भ​एको रकमले पुगेन​। आफ्नै ब्यबसाय किन्ने सुर चल्यो, सिड मनि त छ तर अपुग छ, पुर्ण ब्यबसायका खरिदमा नपुग रकम उधारो लिनु पर्यो क्रेडीट कार्डबाट वा अन्य बैङ्किङ बित्तिय सस्थाहरुबाट? तर के गर्ने माथिका यि सबै काम सम्पन्न गर्न, भ​एको इच्छा र योजना पुरा गर्न स्रोत र साधन जुटाउन नसक्दा वा आफुसङ्ग भ​एको रकम नपुग भै उक्त अपुग डलर जोरजाम गर्न सकस पर्दा क्रेडिट कार्ड वा अन्य फाइनान्सियल सस्थाबाट उधारो रकम लिनु पर्ने हुन्छ तर के गर्ने?

रकम सापटी वा ऋण वा उधारोमा लिन तपाइसङ्ग ति लेन्डर कम्पनिहरुले तपाइको क्रेडीट खोतल्छ र क्रेडीट नभ​ए पछि वा आबश्यक क्रेडीट नभेटे पछि तपाइलाइ रकम दिदैन​। त्यसैले ऋण लिनु पुर्ब वा उधारो वा सापटी रकम लिनु पुर्ब तपाइले तपाइको क्रेडीट कमसेकम ६ सय ८० भन्दा माथि अझै ७ सय स्कोर भन्दा माथि हुन जरुरि छ​। तर तपाइसङ्ग क्रेडीट शुन्य छ​, तपाइको नाममा कुनै पनि स्थापित कुनै पनि लेन्डर एकाउण्ट दर्ज छैन वा अपुग छ भने के गर्ने त​? धन्दा नमान्नुहोस तपाइहरुका लागि केहि उपायहरु यस लेखमा उल्लेख गर्दैछु।

तत्कालका लागि ५ उपायहरु तपाइहरुलाइ सामुन्ने राखिदिएको छु।

१) सुरक्षित क्रेडीट कार्ड लिने:

तपाइको क्रेडीट स्थापित गर्न​, दर्ज गर्न र शुरुवातका लागि यो सबैभन्दा पहिलो स्टेप हो र सहज उपाय मान्न सकिन्छ यसलाइ। के हो त सुरक्षित क्रेडीट कार्ड भनेको? तपाइले बित्तिय सस्था वा क्रेडीट कार्ड कम्पनिमा खाता खोलि अर्थात एकाउन्ट खोलि आफुसङ्ग भ​एको रकम मिनिमम २ सय डलर भन्दा माथि उक्त खातामा राख्ने, अपफ्रण्टमा डिपोजिट गर्ने र उक्त रकम खर्च गर्ने र फेरि त्यहि रकम डिपोजिट गरिहाल्ने। कम्तिमा ६ महिना देखि एक बर्षसम्म यो लगातार गर्दा तपाइको डिपोजिट र खर्चको कारोबार क्रेडीट मनिटरिङ्ग कम्पनिलाइ रिपोर्टिङ्ग गरिदिनेछ लेन्डरले। यसो गर्दा तपाइको स्कोर स्थापित भै बढ्दै जानेछ​।

२) लेन्डरबाट क्रेडीट निर्माणका लागि ऋण लिने:
लेन्डरबाट क्रेडीट निर्माणका लागि ऋण लिने भन्नाले तपाइको खाता भ​एको बैङ्क वा अन्य लेन्डर कम्पनिहरु छन बजारमा जसले तपाइसङ्ग निम्नतम शुल्क लिएर तपाइलाइ ऋण प्रबाहको एकाउन्ट मार्फत उक्त लोन रकम तपाइलाइ सिधै प्रबाह नगरि एकाउन्ट मार्फत उनिहरुकै तजबिज र नियन्त्रणमा उक्त खाता लोन रहन्छ र तपाइले मासिक पेमेन्ट तिर्दै जानु पर्ने हुन्छ। जुन दिन त्यसको सावा र ब्याज सहित उक्त रकम पेड अफ हुन्छ त्यसबेला उक्त रकम तपाइलाइ रिलिज गरिदिन्छ त्यसबेला तपाइको क्रेडीट स्थापित एबम दर्ज हुनेछ​। त्यसपछि तपाइले क्रेडीट कार्डहरु आबेदन गर्न सक्नुहुनेछ​। यसपछि तपाइको स्वतन्त्र एबम इनडिन्डेन्ड क्रेडीट शुरु हुनेछ तपाइको।

३) आधिकारिक एबम एक्जिस्टिङ्ग उपयोगकर्ताको क्रेडीट कार्ड एकाउण्टमै सम्लग्न गर्ने:
अर्को सहज र उत्तम उपाय भनेको कोहि आफन्त वा पारिवारिक सदस्यले आफ्नो प्रयोग गरिरहेको क्रेडीट कार्डमा तपाइको नाम सह वा उप प्रयोगकर्ताको रुपमा उल्लेख गर्नु हो। आफ्ना बिश्वासिलो मानिसले तपाइलाइ आफ्नो क्रेडीट कार्डको सह उपयोगकर्ताको रुपमा तपाइलाइ सम्लग्न गराउदा तपाइलाइ पनि त्यहि एकान्ट अन्तर्गत क्रेडीट कार्ड उपलब्ध गराउदछ​। यसो गर्दा तपाइले तोकिएको रकम खर्च गर्न पाउनु हुन्छ मुल एकान्टवालासङ्ग सरसल्लाहमा तर तपाइले गरेको खर्च मुल एकान्टवाला जिम्मेवार हुने भ​एकाले तपाइ उक्त कार्ड प्रति उत्तरदायि नहुने भ​ए पनि तपाइको क्रेडीट एकान्ट दर्ज भै तपाइको क्रेडीट स्थापित हुन मद्दत पुर्याउछ​।

४) सपिङ्ग महल​, वालमार्ट​, स्याम्स क्लब वा सपिङ्ग कम्पनि जस्तै एमाजोन जस्ता कम्पनिको साधारण र न्युन मुल्य बराबरको क्रेडीट कार्ड आबेदन दिने:

तपाइ सपिङ्ग गर्न जानु भयो वा अनलाइनमा सपिङ्ग गर्दै हुनुहुन्छ भने केहि यस्ता कम्पनिहरु छन जसले तपाइलाइ ५०० डलर भन्दा तलको रकमको पहुच सहितको क्रेडीट कार्ड वा सपिङ्ग कार्ड दिएर तपाइलाइ केहि समयका लागि निगरानिमा राख्न सक्दछ​। यस्तो कार्डबाट खर्च गरि समयमै तिरनतारन गर्दै जाने, खर्च गर्दै जाने तुरुन्तै तिर्दै जाने गर्दा तपाइको क्रेडीट हिस्ट्रि बन्न सहयोगि बन्नेछ र तपाइको क्रेडीट स्थापित हुन जानेछ​। कुनै कुनै क्रेडीट कार्ड कम्पनि जस्तै क्यापिटल वान वा आफ्नै बैङ्क खाता भ​एको बित्तिय सस्थाले तपाइलाइ यस्तो प्रिभिलेज दिन सक्दछ​।

५) युटिलिटी आफ्नो नामबाट लिने:

युटिलिटी बिल जस्तै सेल फोन​, बत्ति बिजुलि, पानी, एपार्टमेन्ट सकेसम्म आफ्नो नाममा वा आफन्त वा नजिकका भाइसाथिको नाममा भ​ए कोसानर बस्दा पनि तपाइको क्रेडीट शुरुवात हुन सक्दछ​। तर यो प्रक्रिया स्लो मोसन हो।

कानुनि कागज भै ड्राइभर लाइसेन्स​, स्टेट आइडि प्राप्त गर्न गर्न बसोबास गरेको प्रमाण दिनु पर्नेहुन्छ त्यसपछि तपाइका लागि क्रेडीट स्थापनाका लागि पहिलो ढोका खुल्ला हुनेछ​। एकजना नयालाइ अमेरिकामा क्रेडीट स्टाब्लिस हुन कम्तिमा दुइ देखि ४ बर्ष लाग्नेछ​। क्रेडीट बिना तपाइको अमेरिकि समुन्नति र अवसरको ड्रिम प्राय असम्भव छ भन्दा भयो। यसबारेमा थप जान्न, बुझ्न र थप सुझाबका लागि जुनसुकै बेला पनि मलाइ सम्पर्क गर्दा हुन्छ​। तपाइहरुको हितका निमित्त सधै ढोका खुल्ला।