बजारमा विनोद पाण्डेको तीज गित गर्भपतन

प्रकाशित मिति:

कलाकार बिनोद पाण्डेले तीज गीत गर्भ पतन बजारमा ल्याएका छन् ।नेपाली समाजमा रहेको पुरानो संस्कारलाइ गीत मार्फतलाई जनचेतना जगाउन सो गीत बजारमा ल्याएको उनको भनाइ छ ।

छोराकै पर्खाइमा धेरै छोरीे सन्तानहरुको गर्भपतन गराउने परम्परालाइ तोड्ने कोशीश गीतमा गरिएको छ । सन्तान छोरा वा छोरी जो भएपनि सबैको प्यारो बन्ने उनीहरुको सन्देश छ ।

छोरीले पनि राम्रो अवसर पाए देश चलाउन सक्छन भन्ने गीतको कथा बस्तुमा देखाइएको छ । गीतमा नुरु गुरुङ,बिनोद पाण्डेले स्वर भरेका छन् भने अभिनयमा मेरिबास्सैका कलाकार राजु मास्टरको बिशेष भूमिका देख्न सकिन्छ ।