मेघ गर्जन र हुरीसहित वर्षाको सम्भावना

१८ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । मौसमविदहरुले अझै केही दिन देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने पूर्वानुमान गरेका छन् । मौसम विज्ञान विभागले जारी गरेको नियमित बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबारसम्मै मौसम सफा हुने छैन ।मौसमविद मञ्जु बासीका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्व क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली छ । यसैको प्रभावका कारण केही स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने छ ।

शनिबार दिउँसो पूर्वी तथा मध्य भू(भाग लगागत पश्चिमी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा आंसिक बदली रहनेछ । शनिबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना पनि छ ।शनिबार राति पनि देशैभर बदली भई पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

आइतबार दिउँसो र राति देशैभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पछिल्लो बुलेटिनमा उल्लेख छ ।सोमबार दिउँसो पनि मेघ गर्जनसहित वर्षाको सम्भावना छ । देशैभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी भागका केही स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । सोमबार राति भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली मौसमविदको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग
  • बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु
  • श्री हिमालय श्रंखला चौँरी युवा क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई…