कांग्रेस शिर्षनेताहरु रुपन्देहीमा

प्रकाशित मिति:

सबलपोस्ट/ बुटवल – नेपाली काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलन उद्घाटनको लागी भोली कांग्रेसका शिर्ष नेताहरु रुपन्देही आएका छन् । तिलोत्तामा नगरपालीका १५ स्थित मधौलीया चोकमा उद्घाटन हुने जिल्ला सम्मेलनलाई सम्वोधन गर्न पार्टीका केन्द्रीय सभापति सेर बहादुर देउवा, उपसभापति बिजय गच्छादार, महामन्त्री डा. ससाकं कोईराला, प्रमुख सचेतक बालकृष्ण खाँण, पार्टी प्रबक्ता विश्व प्रकाश सर्मा, सार्वजनीक लेखा समीतीका सभापति भरत कुमार शाह, नेताहरु सेखर कोईराला, चन्द्र भण्डारी, दिपक गरीरी, देवेन्द्र राज कडेंल लगायत आउने कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ।

सम्मेलन बिहान ११ बजेदेखी सुरु हुने र तयारी पुरा भएको उहाले बताउनुभयो । केन्द्रको निर्देसन बमोजिम हाल जागरण अभीयानका कार्यक्रम गरीरहेको कांग्रेस रुपन्देहीले पार्टीको बिधान अनुसार जिल्ला सम्मेलन गर्न लागेको हो । जिल्ला सम्मेलनको तयारी पुर्व गांउ, बडा, नगर तथा क्षेत्रीय सम्मेलन गरीसकेको छ । सम्मेलन मार्फत कांग्रेसले सरकार गरीरहेका गलत काम, महगीं, भ्रष्टाचार लगायतका बिषयमा जनता माझ पुर्याउने तयारी गरीरहेको सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो । दुई तिहाई बहुमतको सरकार त्यसैपनि शक्तिशाली सरकार भएको र त्यस्तो शक्तिशाली सरकारका प्रधानमन्त्री केपी ओलीले भएका सबै शक्तिलाई केन्द्रीकृत गरि तानाशाही बन्ने प्रयासमा रहेकाले काँग्रेस त्यसको बिरोधमा उत्रेको समेत उहाले बताउनुभयो ।

राष्ट्रिय मावन अधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद, सम्पत्ती सुद्धिकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधानमन्त्री मातहत ल्याउने काम भईरहेको र स्वतन्त्र प्रेसको संवैधानिक व्यबस्था विपरित पत्रकारलाई बाँध्नेगरी सरकारले मिडिया काउन्सिल बिधेयक ल्याउने प्रयासलाई काँग्रेसले जनताको बिचमा उठान गर्ने कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले जानकारी दिनुभयो । संवैधानिक व्यबस्था अनुसार सरकारले संविधान कार्यान्वयनमा आनाकानी गरेको तथा प्रदेशलाई निकम्बा बनाउने र संविधानलाई नै असफल बनाउने कुचेष्ठामा स्वंय प्रधानमन्त्री र अहिलेको सरकार लागेकाले सरकारका गतल कृयाकलापका बिरुद्ध कार्यक्रम आयोजना गरिएको समेत उहाले बताउनुभयो ।