प्रदेश नम्वर ५ को प्रदेश सभाको दोश्रो अधिवेशन आजबाट अन्त्य भएको घोषणा

२४ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
9 Shares


प्रदेश नम्वर ५ को प्रदेश सभाको दोश्रो अधिवेशन आजबाट अन्त्य भएकोछ । प्रदेश सरकारको शिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले आज राति १२ वजेदेखि दोश्रो अधिवेशन अन्त्य गर्नु भएको पत्र प्रदेश सभा वठकमा सभामुख पुर्ण बहादुर घर्तिले पढेर सुनाउनु भएको थियो । यस संघै प्रदेश सभा वैठक अर्को सुचना जारी नहुदासम्मका लागि भन्दै स्थगित भएको छ।

केहि विशेष निर्णय गर्नु पर्ने अवस्था वाहेक अव प्रदेश सभा वैठक कार्तिक पछि मात्रै शुरु हुने अनुमान गरिएको छ । वैठक स्थगित हुनु पुर्व प्रदेश सभा वैठकमा बोल्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरलले संसद ब्यवस्थित हुने प्रक्रिया तिर अगि बढेको बताउनु भएको छ ।
उँहाले प्रदेश सरकारको लागि नँया संरचना निर्माणको आवस्यकता रहेकोमा जोड दिनु भयो । प्रदेश सरकारलाई भवनको समस्या चर्काे रहेको मुख्य मन्त्री पोखरलले बताउँदै भदौंदेखि भवनलाई ब्यवस्थित बनाउँदै ल्यैजाने बताउँनु भयो ।
अबको वर्षलाई कानुन निर्माण र विधेक वर्षको रुपमा स्थापित गरिने मुख्यमन्त्री पोखरलले बताउँदै बजेटको कार्यान्वयमा जोड दिनु पर्ने बताउँनु भयो । कानुन निर्माण र योजना तर्जुमाको वर्षको रुपमा प्रस्तुत गर्दै उँहाले नामाकरण र प्रदेशको स्थायी राजधानी तोक्ने कुरा सहमतिका आधारमा गरिने मुख्यमन्त्री पोखरलले बताउँनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…