अष्ट्रेलियामा हाउसफुल ‘जात्रै जात्रा’

प्रकाशित मिति:

बुटवल – जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । ब्रिसबेन, एडलेड, मेलवर्न, सिड्नीलगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ ।

सिड्नीमा हरेको इभेन्ट सिनेमा ‘जात्रै जात्रा’ जेठ ३ गतेबाट नै हाउसफुल रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । “चार सयभन्दा धेरै क्षमता रहेको इभेन्ट सिनेमामा ‘जात्रै जात्रा’ नेपालमा रिलिज भएकै दिनदेखी हाउसफुल छ,” भट्टराईले सिड्नीबाट छेलिफोनमा कुरा गर्दै बाह्रखरीसँग भने, “ सिड्निको सबैभन्दा ठूलो हलमा सिनेमा लाग्दा पनि थुप्रै दर्शक हेर्न नपाएर फर्किनुभयो त्यसको लागि माफि माग्छौं । आज भोलि र पर्सि सम्मकै हल हाउसफुल भैसकेको छ ।

त्यसपछी हेर्न बाँकी दर्शकलाई मेरो आग्रह छ ।” चलचित्र प्रदर्शनकै लागि निर्देशक भट्टराई र कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की, वर्षा राउत अष्ट्रेलिया पुगेका छन् । विदेशमा नेपालीको जनसंख्या धेरै रहेका ठाउँमा हलका केही शो भाडामा लिएर नेपाली चलचित्र देखाउने गरिएको छ । ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।