रबि लामिछानेको हनिमुन र अष्ट्रेलियामा नेपालीका पिडा

प्रकाशित मिति:

सानुबाबु सिलवाल  -रबि लामिछानेले बोलिदिएपछि जुनसुकै इस्यु सुन पानिले छर्किएको मान्नेहरु मनग्गे छन बजारमा। त्यस्तै भैदियो अष्ट्रेलियामा अध्ययनका लागि ग​एका बिध्यार्थिहरुको केहि कन्त बिजोगलाइ उसले अतिरन्जित रुपमा उसले बजारमा पोखिदिएको छ​। पत्रकारितामा हाइट बढाउन नेगेटिभ इस्यु र त्यसमा नुन, तेल, मसला दल्ने चलन छ​। उ मेरो क्लासमेट साथि हो र पत्रकारितामा उसले एउटा बाटो समात्यो र मैले अर्को बाटो समाते। उसले जे गर्दै छ उसका ब्याक्तिगत मामला बाहेक उसले गरेको योगदान प्रति एउटा साथिका नाताले खुशि लाग्दछ​। उ अलि इमोशनल छ र उसका अधिकाश समय टङ्ग स्लिप हुने गर्दछ तर उसले आफ्नो बजार चाहि राम्रै बनायो। उसले बोलेपछि र उसले पोखिदिएपछि त्यो पशुपति मन्दिरमा पुरेतले छोइदिएको प्रसाद जस्तो हुन थालेको छ​।

पत्रकारितामा एबिसि भनिन्छ जहा एक्युरिसि, ब्यालेन्स र क्रेडीबिलिटि जिबन्त रहन्छ​। जुन इस्स्यु पत्रकारले मासमा राख्दछ त्यसमा एबिसिको गन्ध भ​एन भने यथार्थमा त्यो पत्रकारिता भ​एन र जुन कुरो मेरो कलेजको क्लासमेट रबिले पनि बुझेको छ तर सोसियल मेडीया र सामाजिक सन्जाल उसलाइ फापेको छ हिजोआज तर यसको ब्लालेन्स गरेर रबि हिडेन भने उ कालान्तरमा समाप्त हुन्छ दुइ किसिमले एक सस्तो हुन्छ दुइ उसले समातेको बाटोमा स्वार्थमा अबरोध देख्नेहरुले उसलाइ सिध्याइदिने छन​। त्यसबेला उसलाइ दुध र भात दिदै आएको सामाजिक सन्जालको हुइयाले बचाउन नसक्न सक्छ​। उ अहिले नया दुलहि सङ्ग हनिमुनमा छ होला सायद अष्ट्रेलियातिर तर उसले जसरि इस्स्यु अतिरन्जित गर्यो अष्ट्रेलियामा रहेका नेपाली बिध्यार्थिहरुको इस्स्युमा।

अष्ट्रेलियामा सबै दुखि छैनन​। सरकारि, निजि एबम अन्य पेशागत क्षेत्रमा पढेका मानिस र जमातले राम्रै गर्दैछन र सफलता हासिल गर्दैछन एकातिर भने अर्कातिर केहि दुखि र पिडित पक्कै छन​।

एउटा मेरो प्रश्न अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतका कलेजमा अध्ययनका नाममा जाने कुन बर्गका नेपालिहरु हुन​? केहि अपबाद बाहेक राजनिति कर्मिका सन्तान​, ब्यापारिका सन्तान​, कर्मचारिका सन्तान र समाजका हुनेखाने बर्गका सन्तानहरुको बाहुल्यता छ र केहि अपबादमा आफ्ना जग्गा जमिन धरौटी र धितो राखि ठुला र बिकसित मुलुकमा हुइकिन खुट्टा उचालेर अन्ध भक्त भै दौडिनेहरु आज पिडितका नाममा रबि लामिछानेका सहायता लिदैछन​। कसलाइ सोधे त​ तिनले हिड्ने बेलामा? राज्यलाइ? सघ सस्थालाइ वा न्य आधिकारिक सस्थालाइ? आफ्नो रुचि र च्वाइसमा दौडिनेहरुले दुख र सुख दुबैको हकदार हुनु पर्दछ र अहिले रोइलो गर्नुको अर्थ म देख्दिन​।

लेट देम लर्न बेस्ट लेसन ​!

रबिले अष्ट्रेलिया जानेहरु सबैलाइ एकमुष्ठ सडकमा ल्याएका छन । पिडा पनि सम्बन्ध टिकाउन नसकेका धोका पाएकाहरुलाइ पनि राज्य एबम सघ सस्थाहरुले मलम लगाइदिनु पर्ने आबाज सुनाए। भनेपछि तिनले ट्वाइलेट राम्ररि बस्न सकेनन भनेपनि राज्य जिम्मेवार हुनु पर्ने भयो। कसैसङ्ग लभ चक्करमा फेलियर भ​ए भने पनि राक्य जिम्मेवार हुनु पर्ने भयो। धरौटिमा राखिएका घर जमिन डुब्ने छाटकाट आयो भनेपनि राज्य जिम्मेवार हुनु पर्ने भयो। जागिर पाएनन, कमाउन नभ्याउदा पनि जिम्मेवार निकाय र सघ सस्था जिम्मेवार हुनु पर्ने भयो। अब आइन्दा जो जो आफ्नै मुलुकको शिक्षामा बिश्वास नगरि बिदेशिन हुइकिन तयार छ तिनका खुट्टाका नलिमा पासो लगाउ उखाने काका र बिध्या दिदि।

जो जो दुख पाइरहेका छन अष्ट्रेलियामा हेलिकप्टर चार्टर गरि तिनलाइ त्रिभुवन बिमानस्थलमा उतार काका। नत्र भने बिबाह गरि हनिमुन मनाउन नसक्नेहरुले पनि तिम्रा सम्बृदिको महान मुभमेन्टमा यस्तै खसाकखुसुक इस्स्युहरुले तगारो हाल्ने भ​ए। खुट्टा उचालेर जाने उता सक्सेस भ​ए आफ्नो कर्मले र फेलियर भ​ए सरकार र सघ सस्थाहरुलाइ ब्लेम लगाउने ड्रामा मेकरहरुले कडा लेसन सिकुन हैन भने बाउबाजेको बाझो जग्गा मुलुक फर्केर सकार उत्पादन बढाउ र आयात घटाउ।