मालिका लोकताराको पहिलो अडिसन दर्लिङमा आज हुदै

प्रकाशित मिति:

मनोज कार्की   – जेठ १८ गुल्मी ,मालिका गाउँपालिकाको दर्लिङमा आजदेखि मालिका लोकताराको पहिलो अडिसन सुरु हुने भएको छ । गाउँपालिकाले यस बर्ष पनि मालिका लोकतारा गाउँपालिकाको आयोजना र तुल्सीस्मृति युवा क्लवको सहकार्यमा लोक तारा सुरु गर्ने लागिएको गाउँपालिकाले जनाएकोे छ । मालिका गाउँपालिकाका ८ वटै वडाका नागरिकको लोकप्रतिभाको खोजि पुराना कलाकारलार्ई सम्मान र नयाँ कलाकारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ लोकतारा सञ्चालन गर्ने लागिएको गाउँपालिका प्रमुख रित बहादुर थापाले बताएका छन् ।

गत बर्ष बाट गरिएको लोक ताराले निकै लोक प्रियता कमाएकोे भन्दै यस बर्षलाई पहिले देखि नै बजेट बिनियोजन गरि लोकतारा लाई बिशेष प्राथमिकता दिएको थापाले बताए । लोकतारामा तारा हुनेले १५ हजार प्रमाणपत्र तथा मायाको चिनो पाउने छ । उपताराले १०हजार प्रमाणपत्र र मायाको चिनो पाउने छ भने शान्त्वना हुने ५ हजार प्रमापत्र र मायाको चिनो प्रदान गरिने कार्यक्रमका संयोजक मनोज घर्तिले बताए ।
पहिलो चरणको अडिसन यहि जेठ १८ गते दलिङमा मा बि हुनेछ । दास्रो चरणको अडिसन जेठ २५ गते र तेसा्रे चरणको फाइनल अडिसन जेठ ३२ गते सोहि दर्लिङमा हुने संयोजक घर्तिले बताएका छन् । मालिका लोक तारामा बिशेष गरि हाम्रो लोक सस्कृति लोध हुदै गएको समयमा पुराना सस्कृतिलाई झल्काउने खालका गितलाई बिशेष प्राथमिकता दिने तुल्सी स्मृति युवाक्लवका अध्यक्ष दिपेन्द्र घर्तिले जानाकारि दिएका छन् ।

मालिका लोकताराको मुल्याङकन गाउँपालिका भित्रका कलाकारले पाउने अध्यक्ष घर्तिले बताए । लोक ताराको लागि गाउँपालिका बाट २ लाख ५० हजार छुट्याईएको छ भने गत बर्ष पनि तुल्सी स्मृति युवाक्लवले लोक तारा सञ्चालन गरेको थियो । लोकतारामा सहभागि सबैले प्रमाणत्र पाउनेछन् ।