अधिकारका लागि एकताबद्ध हुनु पर्नेमा आदिवासी जनजाती अगुवाहरुको जोड

प्रकाशित मिति:

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव प्रा.डा ओम गुरुङले आदिवासी जनजाति नेताहरुनै जनजातिका लागि गद्धार भएको आरोप लगाउंनु भएको छ । प्रदेशको नामाङकन गर्दा जनजाति नेताबाट धोका भएको भन्दैं उहांले त्यस्ता नेतालाई  चिन्न र वहिस्कार गर्न आग्रह गर्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देहीले २४ औं विश्व आदिवासी दिवसका अवसरमा बुटवलको मिडियाचोकमा आयोजना गरेको दिवस मुल समारोहलाई सम्बोधन गदैं गुरुङ सो आरोप लगाउंनु भएको हो ।
प्रदेश ४ को नामाकरण मगरांत–तमुवान नराखी गण्डकी राखेर पहिचान बिरोधी काम आदिवासी जनजाति नेताहरुबाटैं भएको उहांले बताउंनुभयो ।
।दुई तिहाइको दम्भमा अहिलेको सरकारले आदिवासी जनजातिको पहिचानलाई सिन्की सरह लिएको टिप्पणी गर्नुभयो ।
उहांले खोसिएका आदिवासी जनजातिका अधिकार प्राप्तीका लागि संगठित सशक्त आन्दोलनको किल्प नभएको बताउंनुभयो ।
नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहनसिंह गोलेले आदिवासी जनजातिको पहिचान मेटिने गरि प्रदेश ५ को नामाकरण गरिए त्यो अमान्य हुंने चेतावनी दिनुभएको छ ।
नेपाल मगर संघका केन्द्रीय सल्लाहकार केशव सूर्यवंशीमगरले अधिकार स्थापित गर्नका लागि राज्यसंग आदिवासी जनजाति ले वारपारको आन्दोलन गर्नुपर्ने बताउंनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ समन्वय परिषद्का सह–सचिव जयबहादुर छन्त्याल,नेपाल मगर संघ,रुपन्देहीकी अध्यक्ष गिता सारु लगायतले बोल्दैं सशक्त आन्दोलनका लागि आदिवासी जनजातिहरु एक ढिक्का हुंनुपर्ने बताएको थिए । महासंघका अध्यक्ष दलबहादुर छन्त्यालको अध्यक्षता,सचिव भिमबहादुर भुजेलको सञ्चालन तथा उपाध्यक्ष बिमला गुरुङको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रम पूर्व महासंघले बुटवलको राजमार्ग चौराहस्थित लखन चोकमा रहेको प्रथम शहीद क्या.लखन थापामगरको शालिकमा माल्याणपर्ण गरेर आदिवासी जनजाति झांकीसहित शुरु भएको र्यालीले बुटवल बजार परिक्रमा गरि बुटवलको मिडियाचोकमा पुगेर दिवस मुल समारोहमा परिणत भएको थियो।