गुल्मिमा डम्बर स्मृति खुल्ला जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता शुरु

प्रकाशित मिति:

गुल्मीको सदरमुकाम तम्घासमा विहिवारदेखि डम्बर स्मृति खुल्लला जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता संचालन भएको छ । नेपाल व्याडमिण्टन संघ गुल्मीको आयोजनामा विरभद्र जंग गुल्मका सेनानी जनमत कार्किका स्वर्गीय पिताको स्मृतिमा उक्त प्रतियोगिता सचालन गरिएको हो । हाल गुल्मीको विरभद्र जंग गुल्ममा रहेका सेनानी कार्किले आफ्नो परिवारद्वारा प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्च रकम डम्बर स्मृतिले प्रतिष्ठानले व्यहोर्नेगरि निशुल्क रुपमा उक्त प्रतियोगिताको संचालन गरिएको हो । जिल्लामा खेलाडिहरुको व्याडमिण्टनतर्फ अत्यधिक रुची बढ्दै गएको र उक्त खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले परिवारको सहयोगमा उक्त प्रतियोगिता संचालन गरिएको सेनानी कार्किले बताउनु भयो ।
विहिवार विहान प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उक्त खेलको उद्घाटन गर्दै यस्ता प्रकारका खेल र प्रतियोगिताहरुले नयाँ नयाँ खेलाडीहरुको उत्पादन गर्नुका साथै राष्ट्र निर्माणमा समेत खेलाडिहरुले ठूलो योगदान पुराउने विचार व्यक्त गर्नु भयो ।
पाँच समूहमा विभाजनगरि संचालन गरिएको उक्त प्रतियोगित तम्घास स्थीत जिल्ला खेलकुद विकास समितिको कभर्डहल र पुतली बजार स्थीत फिलिम हल गरि दुई ठाउमा संचालन गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमका सहभागिहरुलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने बताईएको छ ।