प्यूठानमा सिँहको नेतृत्वमा मदन भण्डारी फाउन्डेसन

प्रकाशित मिति:

प्यूठान – प्यूठानका यूवा नेता अजयसिँहको नेतृत्वमा मदन भण्डारी फाउण्डेसन गठन भएको छ । हालै विजुवारमा सम्पन्न प्रथम भेलाले सिँहको नेतृत्वमा ३८ सदस्य जिल्ला कमिटी गठन गरेको हो । फाउन्डेसनको सचिवमा पूर्व एमाले जिल्ला सचिव एवं नेकपा नेता मोहन जिसी सर्वसम्मत निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा विनोद वली, बसन्त जिसी, विष्णु केएम, विजयसिँह, निमानसिँह केसी, भानु भट्टराइ लगाएत छन् । नेकपाको जिल्लामा निरन्तर क्रियाशिल र पाका नेताहरु सदस्यमा निर्वाचित भएको फाउन्डेसनले जनाएको छ । जिल्ला भेलामा बोल्दै प्रमुख अतिथी नेकपाका स्थायी कमिटी सदस्य मणी थापा र फाउण्डेसनका केन्द्रिय उपाध्यक्ष धुर्व आचार्यले मदन भण्डारीले प्रतिवादन गरेको जनताको वहुदलीय जनवादको मार्गनिर्देश अनुसार अघि बढ्न सुझाए ।

मदन भण्डारीको भौतिक शरीर नभएपनि उनले देखाएको बाटोमा लगनशिल भएर लाग्न नेता, कार्यकर्ताहरुलाइ आग्रह गरे । नेकपाले संचालन गरेको दुइ तिहाइ बहुमतको सरकार संचालन मदन भण्डारीले लिएकै जवजको उपज भएको नेताहरुले बताएका छन् ।

जवजकै कारण बहुसंख्यक नेपालीहरु नेकपामा क्रियाशिल रहेका बक्ताहरुले सुनाए । नव निर्वाचित फाउण्डेसनका जिल्ला अध्यक्ष अजयसिँहले फाउण्डेसनलाइ जिल्लाको नौ वटै स्थानीय तहमा विस्तार गर्ने योजना सुनाए । उनले जननेता मदन भण्डारी सपनालाइ पुरा गर्न फाउण्डेसनलाइ क्रियाशिल बनाइराख्ने उल्लेख गरे ।