परिक्षण प्रतिवेदन नआउन्जेल सगरमाथा सिमेन्ट विक्रीमा रोक

२४ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
2 Shares


घोराही सिमेन्टबाट उत्पादित सगरमाथा सिमेन्टको परिक्षण प्रतिवेदन नआउदासम्म विक्री वितरणमा रोक लगाइएको छ । घोराही सिमेन्ट ‘गुणस्तरहीन’ भएको घटना सार्वजनिक भएपछि गुणस्तर तथा नाप तौल विभागले विहीवार परिक्षण प्रतिवेदन नआउँदा सम्मको लागि उत्पादन र विक्रि वितरणमा रोक लगाएको हो । यसैबीच गुणस्तर तथा नाप तौल विभागले दाङको घोराहीस्थित उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको नमुना परिक्षणका लागि काठमान्डौं लैजान लागेको जानकारी दिएको छ ।
विभागका निर्देशक मनोजकुमार उपाध्यायले नमुना काठमान्डौं लगेर परिक्षण गरिने र त्यसको प्रतिवेदन नआउँदा सम्म उत्पादन तथा विक्रि वितरणमा पूर्णरुपमा रोक लगाएको बताए । विभगका मेकानिकल ईन्जिनियर उमेशकुमार यादवले प्रतिवेदन सार्वजनिक हुन झन्डै एकदेखि डेढ महिनाको समय लाग्न सक्ने जानकारी दिनु भयो ।
भिगालको टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते दाङको तुलसीपुर बजारमा बिक्री भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परिक्षणका लागि काठमान्डौं लगेर परिक्षण गर्ने जानकारी दिएको छ ।
बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा निर्माणाधिन घरहरुमा समस्या भएपछि स्थानीयले उजुरी गरेका थिए । त्यसपछिको परिक्षणबाट ओपिसीमा म्याग्नेसियम तत्व बढी देखिएको नाप तौल विभागले जानकारी दिएको छ ।
विहीबार जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत अमरराज आचार्यको नेतृत्वमा नाप तौल विभागको टोली, घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार गौतम, घरेलु कार्यालयका उद्योग अधिकृत उमबहादुर वली सहित पत्रकारहरुको टोली उद्योगमा पुगेर नमुना संकलन गरी विभागमा मापनका लागि पठाएको हो ।
साउनको १६ गते घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहिन’ भएको भन्दै उत्पादन तथा बिक्रि बितरण रोक्न आग्रह गर्र्दै बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङ जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट
  • ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट…
  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…
  • प्रधानमन्त्री ओली र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता
  • नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम