नदीमा डुबेर बालिकाको मृत्यु

प्रकाशित मिति:

धनगढी – कैलालीको भजनीमा एक जना बालिकाको नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको गुजरात जामनगरका शिव सोनीकी १० वर्षकी छोरी एकता रहेको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो २:३० बजे भजनी ३ कुसुमघाटको मोहना नदीमा नुहाउने क्रममा उनको मृत्यु भएको भजनी इलाका प्रहरी कार्यलयले जानकारी दिएको छ।

सोनी परिवार उनीहरु हाल कैलालीको भजनी नगरपालिका ३ कुसुमघाटमा बस्दै आएका छन्। मृतक बालिकाको शव भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरेर आज आफन्तको जिम्मा लगाइसकेको भजनी इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।