अष्ट्रेलियामा रहेका नेपालीमा वर्षा राउतको क्रेज !

प्रकाशित मिति:

अष्ट्रेलिया – चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनका क्रममा उक्त चलचित्रकी नायिका वर्षा राउत अहिले अष्ट्रेलिया पुगेकी छिन् । निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन कार्की, रविन्द्रसिंह वानियाँ लगायत चलचित्रको टोली अहिले सिड्नीमा छ । जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । ब्रिसबेन, एडलेड, मेलवर्न, सिड्नीलगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ ।

सिड्नीमा हरेको इभेन्ट सिनेमा ‘जात्रै जात्रा’ जेठ ३ गतेबाट नै हाउसफुल रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिका छन् । “चार सयभन्दा धेरै क्षमता रहेको इभेन्ट सिनेमामा ‘जात्रै जात्रा’ नेपालमा रिलिज भएकै दिनदेखी हाउसफुल छ,” भट्टराईले सिड्नीबाट छेलिफोनमा कुरा गर्दै बाह्रखरीसँग भने, “ सिड्निको सबैभन्दा ठूलो हलमा सिनेमा लाग्दा पनि थुप्रै दर्शक हेर्न नपाएर फर्किनुभयो त्यसको लागि माफि माग्छौं । आज भोलि र पर्सि सम्मकै हल हाउसफुल भैसकेको छ । त्यसपछी हेर्न बाँकी दर्शकलाई मेरो आग्रह छ ।” चलचित्र प्रदशर्नपछि वर्षासहित अन्य कलाकारसँग दर्शकले तस्बिर खिचाएका छन् । तस्बिरमा वर्षासहित विपीन र रविन्द्रसँग तस्बिर खिच्न दर्शकको भीड लागेको थियो ।