बर्दघाट चिसापानीमा जिल्ला लिग २०७६ आयोजना हुने

प्रकाशित मिति:

नवलपरासी-अखिल नेपाल फुटबल संघ एन्फाको कार्यतालिका अनुसार पश्चिम नवलपरासी जिल्ला फुटबल संघको आयोजना र सुर्यज्योती युवा क्लब बर्दघाट २ चिसापानीको सहयोजनामा जिल्ला लिग २०७६ हुने भएको छ । यही जेठ महिनाको २० गते सोमबार देखी बर्दघाट २ स्थित दिब्यज्योती बहुमुखी क्याम्पसको खेलमैदानमा सुरु हुने सो लिगको समु्दघाटन बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले गर्नुहुने कार्यक्रम तय गरिएको संघका अध्यक्ष धनप्रसाद गुरुंगले जानकारी दिनुभएको छ ।

सो लिगमा एन्फा नवलपरासीमा आबद्ध १० टिमको सहभागिता रहने र लिगमा विजेता हुने टिमलाई नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता हुने टिमलाई नगद ३० हजार सहित मेडल र प्रमाण प्रदान गरिने संघका महासचिव सुविन्द्र कंवर योगीले जानकारी दिनुभएको छ । सो लिग अन्र्तगत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद समेत प्रदान गरिने महासचिव योगीले जानाकरी दिनुभएको छ । सो खेलको मिडिया पार्टनर सामुदायिक रेडियो दाउन्ने रहेको छ ।