मंसिर ६ गतेबाट तिलोत्तमामा औद्योगिक व्यापार मेला हुने

प्रकाशित मिति:

उद्योग ब्यापार संगठन रुपन्देही, तिलोत्तमा शाखाको आयोजनामा मंसिर ६ गते देखि मणिग्राममा तिलोत्तमा औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
उद्योग, ब्यापार कृषि तथा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मंसिरको ६ गते देखी १८ गते सम्म महोत्सव आयोजना गर्ने आयोजकले जानकारी दिएका छन । आयोजक संस्था उद्योग ब्यापार संगठन रुपन्देही, तिलोत्तमा शाखाले पत्रकार सम्मेलनको आयोजना गरि मेलाबारे जानकारी दिएको हो ।
अघिल्लो बर्ष तिलोत्तमा ब्यापार संघले सञ्चालन गरेको स्थलमा नै यस बर्ष पनि महोत्सव सञ्चालन गरिने उद्योग ब्यापार संगठन रुपन्देही, तिलोत्तमा शाखाका अध्यक्ष सत्यवर्त ज्ञवालीले जानकारी दिनु भयो । यस बर्ष संगठनले आयोजना गर्ने महोत्सवमा ३ सय ५० वटा बिभिन्न बिधाका स्टलहरु समावेश हुने ज्ञवालीले बताउनु भयो

मेलाको तयारी तिव्र रुपमा अगाडी बढाईएको र यसको तयारीको लागी बिभिन्न समिति तथा उपसमिति गठन गर्ने प्रक्रियामा रहेको उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनु भयो ।
उद्योग ब्यापार संगठन रुपन्देही, तिलोत्तमा शाखाको मूख्य आयोजनामा हुने महोत्सवको आयोजक उद्योग ब्यापार संगठन रुपन्देही र सह आयोजकमा तिलोत्तमा ब्यापार संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, तिलोत्तमा नगरपालिका रहेका छन ।