ओली सरकारले चौतर्फी रुपमा जनताका अधिकार खोस्न थाल्यो : सभापति देउवा

प्रकाशित मिति:

बुटवल – नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले अहिलेको सरकारले चौतर्फी रुपमा जनताका अधिकार खोसिरहेको बताउनु भएको छ । काग्रेस रुपन्देहीको प्रथम सम्मेलनको आज तिलोत्तमाको वडा नम्वर १५ मधौलीयामा उदघाटन गर्दै सभापति देउवाले अहिलेको सरकारले प्रेस, न्यायपालिका र मानवअधिकार आयोग समेतलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनु भयो । उहाले भन्नुभयो ओली सरकारले जताका चातर्फी अधिकार खोसीरहेको छ लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि काम काग्रेसलाई मान्य हुदैन हाम्रो पार्टीले सहन सक्दैन ।

पूर्व प्रधानमन्त्री देउवाले स्वतन्त्र रुपमा लेख्ने पत्रकारको अधिकार कटौती गर्न सरकारले मिडिया बिधेयक ल्याएको बताउनु भयो ।
उहाले पार्टी एक भएर अघि बढनुको बिकल्प नभएको बताउदै रुपन्देहीबाटै त्यसको सुरुवात गर्न आग्रह गर्नु भयो ।
काग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली नेतृत्वको सरकारबाट अव जनताले अपेक्ष ागर्ने कुनै ठाउ नरहेको बताउनु भयो ।
उहाले पार्टीका सबै नेता कार्यकर्ता मिलेर कम्युनिष्ट सर्बसत्तावाद आउन नदिन र आगामी निर्वाचमा काग्रेसलाई पहिलो पार्टी बनाउन अहिलेदेखि नै लाग्नु पर्ने बताउनु भयो ।
काग्रेस केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकको संबिधानको रक्षा, राष्टियताको संरक्षण र बिकासका लागि ओली नेतृत्वबाट मुक्त गर्नुपर्ने बताउनु भयो ।
उहाले ओली नेतृत्वको सरकारबाट संबिधान र राष्टियता बिपरीत काम भईरहेको र बिकास निर्माण हुन नसकेको जिकिर गर्दै ओलीबाट मुलुकलाई मुक्त गर्नु पर्छ भन्नुभयो ।

जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्व, उपसभापति फणेन्द्र शमाृको स्वागत र सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको सम्मेलन उदघाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रवक्ता बिश्व प्रकाश शर्मा, केन्द्रिय सदस्य दीपक गिरी, प्रतिनिधि सभामा सार्बजनिक लेखा समितिका सभापति भरत कुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोद यादव, प्रदेश सभामा सार्बजनिक लेखा समितिका सभापति डिल्लि बहादुर चौधरी, पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, देवदह नगर प्रमुख तथा काग्रेसका क्षेत्रीय सभापति हिरा बहादुर खत्री, सैनामैना सभापति राम प्रसाद अधिकारी, महिला नेतृ वाला घिमिरे, तिलोत्तमा १५ का सभापति शेर बहादुर क्षेत्री लगायतले बोल्नु भएको थियो ।