महोत्तरी-महोत्तरीको बर्दिबासस्थित रेडियो नेपालको प्रदेश नंं २ को प्रादेशिक प्रसारण सेवा आजदेखि औपचारिकरुपमा शुरु हुनलागेको छ ।यसअघि, केन्द्रमा उत्पादन भएका सामग्रीहरु ट्रान्समिटिङ्ग स्टेशनमार्फत प्रसारण गर्दै आएकोमा आइतबारदेखि औपचारिक रुपमा बर्दिवासस्थित रेडियो नेपालको प्रदेश नं। २ को प्रदेश प्रसारण केन्द्रस्थित नयाँ स्टुडियो कक्षबाट नै प्रादेशिक प्रसारण सेवा शुरु भएको छ ।
संघीयताका जननी प्रदेश २ लाई संघीयताको सफलताको अगुवाई समेत गर्नु पर्ने कार्यक्रममा प्रमुख अतिथि संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले उल्लेख गर्दै । उहाँले,‘ संघीयताको मांग यसै भूमिबाट भएको हो, संघीयताको सफलताको लागि प्रदेश नं। २ ले चालिने कदम अन्य प्रदेशका साथै संघका लागि समेत मार्गदर्शक हुने बताउनु भयो ।रेडियो नेपाललाई एकताको गाठ बनाउन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुझाव दिनु भएको छ । प्रादेशिक प्रशारण सेवाको समुदघाटन समारोहलाई सम्बोधन गर्नु हुँदै राउतले मुलुकलाई एउटै भाषा एउटै भेषको मानसिकता बाट माथि उठाउन प्रादेशिक प्रशारण मार्फत स्थानीय भाषाहरुलाई प्राथमिकतामा राख्नु स्वागत योग्य रहेको बताउनु भयो ।
उनले, प्रादेशिक प्रशारणको शुभारम्भ पछि केन्द्रिय प्रशारणमा रहेको मैथिली, भोजपुरी लगायतका भाषाको प्रशारणलाई समेत निरन्तरता दिन आग्रह गरेको हो । सो अवसरमा सलहेश फुलवारीमा बैशाख १ गते मात्र फुल्ने सलहेश फुल९हारुनको फुल०को हुलाक टिकट प्रकाशन गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।कार्यक्रममा प्रदेश नं। २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले रेडियो नेपाललाई सही सूचनाको आधार स्तम्भ बननु पर्ने बताए । उहाँले प्रदेश नं। २ का सरकार पूर्ण संचारमैत्री रहेको उल्लेख गर्नु हुँदै संचार क्षेत्रमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने बताए ।
बर्दिवासमा रेडियो नेपालले हालका लागि १०३ मेगाहर्जमा सुनिने १ हजार वाटको एफ।एम। को उपकरण जडान र नयाँ स्टुडियोको निर्माण गर्ने कार्य सम्पन्न गरेको छ । यसका साथै १० किलोवाटको मिडियम वेभ सेवा पनि सञ्चालनमा रहने छ ।रेडियो नेपालले देशमा आएको परिवर्तन अनुसार आफ्नो सेवालाई विस्तार गरी प्रदेशस्तरमा प¥्याउने कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र सोही अनुसार प्रदेश न। २ को बर्दिवासवाट प्रादेशिक प्रसारण सेवाको शुरु गर्न लागेको रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धिबहादुर के।सी।ले बताउनुभयो ।रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।