ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

रुकुम-रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिस्ने गाउँपालिका ५ धौलापैराबाट सिस्नेरीतर्फ जाँदै गरेको रा १ त २१४८ नम्बरको ट्याक्टर गाउँपालिका ८ को चिसापानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।

दुर्घटनामा परेर मृत्यु हुनेमा छेडागाड गाउँपालिका ३ का ३३ वर्षीय भिमबहादुर खत्री रहेका छन्, भने घोराही उपमहानगरपालिका १० का २६ वर्षीय लोकबहादुर चौधरी र रुकुम पश्चिम चौरजहारी नगरपालिका १० का २५ वर्षीय खिमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व का प्रहरी निरीक्षक ओमप्रसाद पौडेल जानकारी दिए। ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई स्वास्थ्य चौकी रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा पठाइएको प्रहरी निरीक्षक पौडेलले बताए।