नदीमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित मिति:

कैलाली-कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। भारतको गुजरात जामनगरका शिव सोनीकी १० वर्षकी छोरी एकता भजनीको ३ कुसुमघाटको मोहना नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

शिव सोनी परिवारसहित हाल कैलालीको भजनी नगरपालिका ३ कुसुमघाटमा बस्दै आएका थिए । भजनी इलाका प्रहरी कार्यलयका अनुसार शुक्रबार दिउँसो २ ३० बजे उनको मृत्यु भएको हो ।मृतक बालिकाको शव भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरेर आज आफन्तको जिम्मा लगाइएको छ ।

थप समाचार