आँधिखोला लघुवित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नरेश चौधरी , स्याङ्जा भिरकोटमा केन्द्रिय कार्यलय रहेको आँधिखोला लघुवित्त वित्तिय संस्था लि.ले आज एक कार्यक्रमका विच सैनामैनाको मुर्गियामा वार्षिक केन्द्र प्रमुख, उपप्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा अवद्धा रहेका विभिन्न समुहमा रहेका सदस्यहरुलाई लघुवित्तमा बस्नुका फाईदा तथा यसबाट लिन सक्ने लाभका विषयमा अभिमुखिकरण तथा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा केन्द्रिय कार्यलयका कार्यकारी प्रमुख सिइओ डोलराज के.सि.ले यस लागुवित्तले महिलाहरुको आय आर्जन तथा सशक्तिकरणमा महोत्वपुर्ण भुमिका खेलेको र यस लागुवित्तले ग्रामिण भेगमा रहेर तालिम तथा लागानीका स्रोतहरु प्रदान गर्दै आएको बताउनु भयो । केन्द्रिय कार्यलयका केन्द्र प्रमुख नुमा रानाले वित्तिय संस्थाले ग्रमिण समुदायमा महिलाहरुको आय अर्जनमा गरेका प्रगतीमा हातेमालो गरेको बताउनु भयो ।

समुहमा बसेर सानो लागनीले पनि राम्रो प्रतिफल लिन सक्ने बताउदै क्रृण लिएर सहि ठाउमा लागानी गर्न उहांले अनुरोध गर्नु भयो । कार्यक्रममा सैनामैना शाख प्रमुख भिख्खु प्रसाद चौधरीले लाघुवित्तले प्रदान गर्ने सेवा तथा सैनामैनमा शाखाले गरेको कार्य प्रगतिविवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा महिलाहरुको समुह बनाई राम्रो आय अर्जन गर्ने तथा उत्कृष्ट महिलाहरुको समुहहरुलाई सम्मान गरिएको थियो । सम्पन्न कार्यक्रमको स्वागत सैनामैना शाखाका कर्मचारी शालिकराम पन्थिले गर्नु भएको थियो भने कार्यक्रमको संचालन केन्द्रिय कार्यलयका कुलदेव लामिक्षनेले गर्नुभएको थियो