स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान गठन

१८ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


पोखरा । स्व। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान गठन भएको छ । रवीन्द्र पत्नी विद्या भट्टराईको अध्यक्षतामा रुवीन्द्र स्मृति प्रतिष्ठान गठन भएको हो । प्रतिष्ठानले युवा केन्द्रित कार्यक्रम गर्ने छ । अनुसन्धानलाई मुख्य भूमिका बनाउने र तीनै तहको सरकारसँग समन्वय गरेर कार्यक्रम ल्याउने प्रतिष्ठानको योजना छ । ‘युवालाई परिचालन गर्न सकेनौं भने समृद्धि प्राप्त हुँदैन,’ अध्यक्ष विद्याले भनिन्, ‘युवा केन्द्रित कार्यक्रम ल्याएर उद्यमशिलता विकासलाई प्रमुख कायभार बनाउने योजनामा छौं ।

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएर पर्यटनमन्त्री बनेका अधिकारीले देखेको सपना र हिँडेको बाटोलाई सँगै लिएर जाने काम प्रतिष्ठानले गर्ने विद्याले बताइन् । ‘कसैले कल्पना नगरेको, नसोचेको घटना घट्यो, अब त्यो पीडालाई कसरी सम्बोधन गर्ने भनेर लागि परेका छौं,’ विद्याले भनिन्, ‘समृद्ध नेपाली, सुखी नेपाली निर्माणको नारा लिएर हिँडेका रवीन्द्र अधिकारीको सपना, सोचलाई लिएर हिँड्ने काम प्रतिष्ठानले गर्ने छ । प्रधानमन्त्रीको उद्घोष पूरा गर्न लागिपरेका रवीन्द्रको योजनालाई अगाडि बढाउने छौं ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानलाई सरकारको तर्फबाट एक करोड दिने घोषणा गरेका छन् । ‘यो प्रतिष्ठान राजनीतिक विभागमा प्रवेश गर्ने छैन । अरु प्रतिष्ठानमा जस्तो भाँडभैलो हुनबाट पनि जोगाउनु होला,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रतिष्ठानलाई सुरुमा नेपाल सरकारका तर्फबबाट १ करोड रुपैयाँ दिने छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण