नङबाट थाहा पाउनुस् आफ्नो स्वास्थ्य

प्रकाशित मिति:

एजेन्सी -सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।

नङवरिपरिको छाला रातो भएमा संक्रमण त्यसको कारण हुन सक्छ ।नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।

नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।नङलाई स्वस्थ राख्न यी उपाय अपनाउनुस् स्दाल र तरकारीमा भएको भिटामिन बी–७ ले नङको कमजोरी भगाउँछ ।नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ । यो खाएर नङको स्वास्थ्य बढाउँछन् ।मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।समयसमयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।