बस्दाखेरी खुट्टा हल्लाउने बानी छ भने यसरी सुधार्नुस्

प्रकाशित मिति:

केही मानिस बस्दाखेरी अनायासै गोडो हल्लाइरहेका हुन्छन् । धेरैजनाले यो बानी मात्र भएको ठानेर बेवास्ता गर्छन् । तर यो रेस्टलेस सिन्ड्रोमको लक्षण हो । के हो यो सिन्ड्रोम र यसबाट कसरी छुटकारा पाउने रु चर्चा गरौं ।खासमा यो एक स्नायु प्रणालीको रोग हो । गोडो हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन आउन थाल्छ जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लाग्छ । डोपामाइनले सुखको अनुभूति दिलाउँछ ।

शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यसको असर ३५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरूमा देखिन्छ । गर्भवती महिलाहरूमा डेलिभरीको अन्तिम दिनहरूमा हर्मोनमा परिवर्तन आएका कारण पनि यो समस्या देखिन्छ । अत्यधिक रक्सी सेवन, रुघा र एलर्जीको औषधि खाँदा पनि यो सिन्ड्रोमको सम्भावना बढ्छ ।यो बानी र रोगबाट छुटकारा पाउनका लागि तपाईंको जीवनशैली राम्रो हुन्छ र त्यसबाहेक तपाईंले केही अन्य कुरामा ध्यान दिनुपर्छ ।

जीवनशैलीमा सुधार:रक्सी, क्याफिन र चुरोट खान छोड्नुस् । दिनदिनै पर्याप्त निद्रा लिनुस् र समयमै सुत्नुस् । सुत्नुअघि खुला हावामा टहल्नुस् । सुत्नुअघि कठिन व्यायाम नगर्नुस् । डुल्नुका अलावा स्ट्रेचिङ वा रिल्याक्सेसन व्यायाम गर्नुस् ।

घरेलु उपाय अपनाउनुस्:जाइफलमा अद्भुत सुगन्ध र गुण हुन्छ जसले स्नायु प्रणालीलाई शान्त पार्छ । राति सुत्नुअघि गाईको दूध तताएर त्यसमा अलिकति जाइफल हालेर पिउनुस् । यसले राम्रो निद्रा ल्याउँछ । सुत्नुअघि लेभेन्डर तेल, क्यामोमाइल तेललाई अंगुरको तेल वा बदामको तेलमा मिसाएर गोडामा मालिश गर्नुस् ।

नियमित योग गर्नुस्:योगमार्फत तपाईं अस्थिर गोडालाई आराम दिन सक्नुहुन्छ । हप्तामा दुईचोटि ९० मिनेटको योग गर्नुभयो भने राम्रो निद्रा लाग्छ र मूड पनि सही हुन्छ । रेस्टलेस लेग सिन्ड्रोम जस्ता समस्याबाट बच्न चाहनुहुन्छ भने वृक्षमुद्रा लगायतका योगासन गर्नुस् ।

नियमित मालिश
नियमित मालिश गर्दा पनि रेस्टलेस लेग सिन्ड्रोमबाट राहत पाइन्छ । हप्तामा दुईचोटि ४५ मिनेट गोडाको मसाज गर्दा निद्रा राम्रो आउँछ र गोडा स्वस्थ रहन्छ ।