बम बनाउने कारखानामा विस्फोट, ७९ जना घाइते

प्रकाशित मिति:

एजेन्सी -रुसको जशिंस्क शहरस्थित जेएससी क्रिस्टल इन्स्टिट्युटमा रहेको सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको एउटा कारखानामा विस्फोट भएको छ । उक्त कारखाना विस्फोट हुँदा कम्तिमा ७९ जना घाइते भएका छन्।

घाइते हुनेमा ३८ जना कारखानाका कामदार र ४१ जना शहरका बासिन्दा रहेको जनाइएको छ । त्यसमध्ये १५ जनालाई अस्पताल भर्ना गरिएको छ भने कसैको ज्यान गएको छैन् । एक स्थानीय स्वास्थ्य अधिकारीले घाइते धेरैलाई मध्यम र सामान्य खालको चोट लागेको बताएका थिए।विस्फोटका कारण कारखाना पूर्ण रूपमा ध्वस्त भएको एवं सो नजिकका १८० घरमा क्षति पुगेको एक विवरणमा जनाइएको छ। विस्फोटका कारण कम्पनका कारण ती घरहरुमा क्षति पुगेको बताइएको छ । विस्फोटका बेला कारखानाभित्रै रहेको पाँच जनाको सकुशल उद्धार गरिएको घाइतेहरुलाई विस्फोटबाट फुटेका सिसाले चोट लागेको बताइएको छ ।

घटनास्थल वरपरका क्षेत्रमा अहिले आपत्‌काल घोषणा गरिएको छ । ‘प्राविधिक चीज विस्फोट’ हुँदा एक सय वर्गकिलोमिटर वरपरसम्म आगो लागेको अन्र्तराष्ट्रिय समाचारमाध्यमले लेखेका छन् ।