एनआईसी एशिया क्यापिटलद्वारा अन्तरक्रिया

प्रकाशित मिति:

बुटवल – एनआईसी एशिया क्यापिटलले बुटवलमा विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा एनआईसी एशिया क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख रामप्रसाद भट्टराईले बुटवल क्षेत्र लगानीकर्ताको उर्बर भूमि भएकाले लगानीकर्ताहरुको माग, आवश्यकता र सुझाव अनुसार सेवा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

बुटवल र आसपासको क्षेत्रका सेवाग्राहीहरुलाई उचित परामर्शसहित विश्वसनीय सेवा दिनु आफूहरुको प्राथमिकता रहेको भट्टराईले बताए । एनआईसी एशिया बैंकको राजमार्ग चौराहास्थित शाखामा क्यापिटल मार्केट हेर्ने गरी प्रदेश नंं ५ स्तरीय सम्पर्क व्यक्तिका रुपमा कल्पना ढकाललाई राखिएको र अब छिट्टै क्यापिटलकै शाखा स्थापना गर्ने गृहकार्य भइरहेको भट्टराईले बताए ।

एनआईसी एशिया क्यापिटलका लगानी व्यवस्थापक मनिष घिमिरेले विभिन्न कम्पनीका शेयर निश्कासन,शेयर निश्कासन भइसकेका कम्पनीको शेयर रजिस्टर,लगानी व्यवस्थापन,कोष व्यवस्थापन,डीम्याट खाता सञ्चालन र कर्पोरेट संस्थाहरुलाई परामर्श लगायतका सेवाहरु प्रदान गर्ने बताए । अन्तरक्रियामा सहभागीहरुले सेवालाई छिटोछरितो र सेवा शुल्कलाई सर्वसुलभ एवं प्रतिस्पर्धी बनाउन सुझाव दिएका थिए । कार्यक्रममा एनआईसी एशिया क्यापिटलकी सम्पर्क व्यक्ति कल्पना ढकालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।