सप्तरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

प्रकाशित मिति:

सप्तरी -घरमा विद्युत् भएको आगलागीका कारण सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय राशिन्द्र यादवको घरबाट सूरु भएको आगोले काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएका हुन् ।

आगलागीबाट करिब सात लाख बराबरको क्षति भएको पीडितहरुले बताएको छ । अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान आगलागीमा परी जलेर नष्ट भएको बताइएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।