राजनीतिबारे प्रधानमन्त्रीले विदेशमा बोल्नु देशकै अपमानः पौडेल

१९ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
48 Shares


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विदेशी भूमिबाट प्रधानमन्त्रीले मुलुकका बारेमा नकारात्मक राजनीतिक टिप्पणी गर्नु देशकै अपमान भएको बताएका छन् । धादिङ क्षेत्र नम्बर १ द्वारा आइतबार आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेललले प्रधानमन्त्रीले देशको राजनीतिलाई विदेशी भूमिबाट नकारात्मक ढंगबाट टिप्पणी गर्नु देशकै अपमान भएको टिप्पणी गरेका हुन् ।

“नेपाली राजनीतिलाई तुच्छ ढंगबाट टिप्पणी गर्दैगर्दा उहाँलाई ख्याल हुनुपर्छ, राजनीतिलाई यस्तो बनाउने मुख्य पात्र उहाँ पनि हो । सत्ताका लोभीहरू कहिल्यै इमान्दार हुँदैनन् । कथनी र करनीमा ज्यादै अन्तर भएका केपी ओलीहरूका कारणले नेपाली राजनीतिमा विश्वासको संकट बढ्दो छ,’’ उनले भने । भारत भ्रमणका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टी सञ्चालनका बारेमा भएको गोप्य सहमति खुलासा गरेपछि प्रधानमन्त्री ओलीले नेपाली राजनीतिका बारेमा गरेको टिप्पणी प्रति युवा नेता पौडेल आक्रोशित देखिन्थे ।

उनले नयाँ संबिधान लागू भए पनि काम गर्ने तरिका नफेरिएको बताए । मुलुकको नेतृत्व गर्नेहरु सेवक हुनुपर्ने भए पनि शासक बनेका पौडेलको भनाइ थियो । केन्द्र देखि वडासम्म कमिसन र भ्रष्टाचारको बिगबिगी बढेको जिकिर गर्दै उनले सबै तहका सरकारमा हुनेहरूको ब्यबहारले संघीयता बदनाम भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…
  • घरबेटीले चिकित्सकलाई भने अवदेखि बाहिरै बस्नुस्
  • कोरोनाका कारण विश्वभर १० लाख संक्रमित, ५३ हजार वढीको मृत्यु
  • शिरानटेकले समाचार डिलेट गरेको स्विकार गर्दै माफि माग्यो
  • कहिले ढल्ने हो यो लामो रात ? : रवीन्द्र समीर
  • सुनौली नाकाबाट उद्धार गरिएकी २३ दिनकी सुत्केरीको दिल्ली–नेपाल यात्रा ।
  • सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम