एक हप्ते युरोप यात्रामा निस्किँदै प्रधानमन्त्री ओली

प्रकाशित मिति:

सबलपोस्ट /काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने कार्यक्रम रहेको छ । जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । जेठ २९ गते भने फ्रान्समा उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।