जनसम्पर्क समिति अमेरिकाले जागरण अभियान सुरु गर्ने

प्रकाशित मिति:

अमेरीका । नेपाली कांग्रेसको विदेशस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले पनि जागरण अभियान सुरु गर्ने भएको छ । यही आउँदो जुन १५ तारीख २०१९ का दिन अमेरिकाको तिनवटा क्षेत्रमा एकैसाथ जनजागरण अभियानको कार्यक्रम गर्ने भएको हो ।

गत मे २९ तारीख २०१९ बुधबारको दिन संस्थाका सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले उक्त निर्णय गरेको हो ।
जागरण अभियानलाई प्रभावकारी ढंगले सफल बनाउँनका निमित्त संगठनले अमेरिकाको पूर्व क्षेत्रका निमित्त महासचिव मुनिन्द्र नेम्बाङलाई, दक्षिणी भेगमा उपसभापति चेतप्रसाद पौडेललाई र पश्चिम क्षेत्रका लागि उप९सभापति धर्म राज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधीको रूपमा खटाएको छ । अमेरिकाको पूर्व क्षेत्रको न्यूयोर्क शहरमा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, दक्षिणी भेगको टेक्सासका लागि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं संस्थाका सभापति आनन्द बिष्ट र पश्चिम क्षेत्रको क्यालिफोर्नियामा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रमुख अथिति रहने कुरा संस्थाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी गराएको छ ।

सो जनजागरण अभियानमा संस्थाका साधारण एवं कृयाशिल सदस्यहरू, शुभेच्छुक एवं शुभचिन्तकहरू, संस्थाको केन्द्र र च्याप्टरमा आबद्ध साथिहरू,अग्रजहरू एवं संस्थाका सल्लाहकारहरू, नेपाली काँग्रेसमा आस्थावान साथिहरू एवं लोकतन्त्र प्रेमी आम नेपालीहरूको सहभागिता रहने बताउँदै, नेम्बाङले यो अभीयानमा सबैलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ । साथै यो कार्यक्रमलाई भव्यरूपमा सफल बनाउँनका निमित्त संस्थाका सबै सम्रचना र आस्थावान सबैलाई एकै साथ जागिदिन र आफुलाई पायक पर्ने ठाउँमा सहभागि भएर सहयोग गरिदिनहुन समेत नेपाली जससम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ ।