जासुसी गरेको अभियोगमा पाकिस्तानी जर्नेललाई आजीवन कारावास, अन्य दुईलाई मृत्युदण्ड

१९ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
105 Shares


पाकिस्तानको एउटा सैन्य अदालतले जासुसी गरेको ठहर गर्दै एक वरिष्ठ सैन्य अधिकारीलाई आजीवन कारावास तथा एक निजामती कर्मचारी र अर्का एक सैन्य अधिकारीलाई मृत्युदण्ड सुनाएको छ।  ती तीन जनाविरुद्ध विदेशी निकायका लागि जासुसी गरेको र संवेदनशील सूचना चुहाएको अभियोग लगाइएको पाकिस्तानी सेनाले जनाएको छ।

सेनाका अनुसार सेनाप्रमुख जेनरल कमार जावेद बाज्वाले सैन्य अदातलको आदेशलाई अनुमोदन गरेका छन्। सेनाले उनीहरूले कसका लागि जासुसी गरेका थिए र कस्तो सूचना उपलब्ध गराएका थिए भन्ने विषयमा केही खुलाएको छैन। तर धेरै पर्यवेक्षकहरूले अमेरिकी गुप्तचर निकाय सीआईएका लागि हुन सक्ने अनुमान गरेको बीबीसी संवाददाता मोहम्मद इलियास खान बताउँछन्। खानका अनुसार अमेरिका र पाकिस्तानबीच सैन्य सहकार्यको लामो इतिहास छ र सैन्य अधिकारीहरू वारंवार सम्पर्कमा आइराख्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया