बेलायतमा वृद्ध कामदारको भिडभाड

प्रकाशित मिति:

लन्डन, एजेन्सी । लन्डनका एक रिसाइक्लिङ प्लान्टमा काम गरिरहेका ६९ वर्षका रेमन्ड इरविङले भने– ‘मलाई काम गर्नमा कुनै कुराले रोक्न सक्दैन। उक्त फर्ममा उनी सबैभन्दा वृद्ध व्यक्ति हुन्, पेन्सन पनि लिइरहेका छन्, फेरि पनि आराम गर्ने उनको कुनै योजना छैन। इरविङ एक्लो त्यस्ता व्यक्ति होइनन्, बेलायतमा ७० वा त्यसको वरपरको उमेरका करिब ५ लाख वृद्ध कहीं न कहीं काममा व्यस्त रहेका छन्।

बेलायत सरकारको आधिकारिक आँकडाले दिने जानकारीको विश्लेषणले विगत एक दशकमा यस्ता वृद्ध कर्मचारीको संख्या दुईगुणाले बढेको छ। एक रोजगारसम्बन्धी साइट रेस्टलेसले ७० वर्ष उमेरका करिब १२ वृद्धमध्ये १ कहीं न कहीं कार्यरत रहेको जनाएको छ। एक दशकअगाडि यो संख्या २२ मा १ हुने गरेको थियो। उक्त संस्थाले ५० भन्दा बढी उमेरका कर्मचारीहरूको विविध पक्षमा अनुसन्धान गर्दै आइरहेको छ।

रेस्ट लेसका संस्थापक स्टुअर्ट लुइसका अनुसार अवकासपछि काम गर्ने चलन पुरुष र महिलामा समानरूपमा रहेको छ। बेलायतमा हाल पुरुष र महिलालाई सरकारी पेन्सनका लागि ६५ वर्ष पुग्नुपर्ने व्यवस्था छ। सन् २०२० देखि यसलाई बढाएर ६६ वर्ष गर्ने योजना रहेको छ। सेन्टर फर एजिङ बेटरका वरिष्ठ योजना प्रबन्धक पेट्रिक थमसनका अनुसार वृद्ध कर्मचारीलाई अवसर दिँदा संस्थाहरूलाई अनुभवी कर्मचारी खोज्न संघर्ष गर्नुपर्दैन। त्यसमा पनि ब्रेक्जिटको अनिश्चिताले गर्दा श्रम र दक्षतामा नराम्रो असर परिरहेको छ। त्यसैले पनि संस्थाहरूले लचिलो कार्य प्रणाली अपनाउनुपर्ने देखिएको छ। त्यसैले यो प्रभावकारी सावित हुनेछ।

च्यारिटी संस्था सेन्टर फर एजिङ बेटरकी क्याथरिन फुटले नियुक्तिकर्ताले यी वृद्ध कामदारलाई सहुलियत दिनुपर्ने बताउँछिन्। तर यसमा उनी पूर्णरूपमा सफल हुन सकेकी छैनिन्। उनले अहिले पनि भेदभावको सामना गर्नुपर्ने हुन सक्छ। लचिलो कार्य समय र पार्ट टाइमजस्ता अवसर दिएर उनीहरूलाई प्रोत्साहन गर्न सकिन्छ। जुन अनुभव र कुशलता ती वृद्ध कामदाहरूमा हुने गर्छ, त्यो कसैले देखाउनै नसक्ने क्याथरिन बताउँछिन्। यसैबीच विज्ञहरूले पनि औषत आयु ७७ बाट बढेर ९० पुगेकाले कम्पनीहरूले वृद्ध कर्मचारीहरूमाथि धेरै ध्यान दिन आवश्यक भएको बताइरहेका छन्।

इरविङ र उनका साथीहरू यो उमेरमा पुनः काम गर्नुले उनीहरू आफ्नो आवश्यकता राम्रोसँग पूरा गर्न सक्ने र त्यसका लागि कसैप्रति निर्भर हुन नपरेको बताउँछन्।