बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटको दोस्रो अधिबेशन अन्र्तगत मतदान प्रकृया सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटको दोस्रो अधिबेशन अन्र्तगत शनिबार मतदान प्रकृया सम्पन्न भएको छ । शनिबारै राति ८ बजेदेखी सुरु भएको मतगणना विहान ४ बजे सम्पन्न भएको थियो । सम्पन्न मतगणनाको मतपरिणाम अनुसार अध्यक्षमा लेखनाथ न्यौपानेले ६ सय ४ मत प्राप्त गरि विजयी हुनुभएको छ अर्का अध्यक्षका उम्मेद्वार एम बहादुर क्षेत्री मिठुले ५ सय ९७ मत प्राप्त गरि उपविजेता हुनुभएको छ ।

त्यस्तै, वरिष्ट उपाध्यक्षमा राजु पाण्डेले ६ सय ३१ मत प्राप्त गरि विजयी हुनुभएको छ भने अर्का वरिष्ट उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप सुवेदीले ५ सय २६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि उद्योगको उपाध्यक्षमा लेखनाथ पौडेलले ६ सय ४२ मत प्राप्त गरि विजयी हुनुभएको छ भने सोही पदका अर्का उम्मेद्वार लिल बहादुर सुनारले ५ सय ४५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै बाणिज्य उपाध्यक्ष तर्फका उम्मेद्वार राजु न्यौपानेले ६ सय ३९ मत प्राप्त गरि विजयी हुनुभएको छ भने सोही पद्का अर्का उम्मेद्वार चेतनारायण पाण्डेले ५ सय ४८ मत प्राप्त गर्नुभएको छ ।

संघको महासचिवमा दिनेश न्यौपानेले ६ सय ३० मत प्राप्त गरि विजयी हुनुभएको छ भने अर्का उम्मेद्वार कृष्ण पाण्डेले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सचिवमा दामोदर पाण्डे निर्मलले ६ सय ३४ मत प्राप्त गरि विजयी हुनुभएको छ भने अर्का उम्मेद्वार प्रेम बहादुर पोखरेलले ५ सय ४६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि संघको कोषाध्यक्षमा कमला भण्डारीले ५ यस ९८ मत प्राप्त गरि विजयी हुनुभएको छ भने अर्का उम्मेद्वार हरि प्रसाद अधिकारीले ५ सय ७० मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्यहरुमा जित बहादुर चौधरलिे ६ सय २ मत, पदम सुनारलले ६ सय २ मत, दामोदर जिसीले ६ मत, हेमलाल न्यौपानेले ५ सय ९१ मत, भरत कण्डेलले ५ सय ९० मत, खुमानन्द बस्यालले ५ सय ९० मत र डिल्लीराज कण्डेलले ५ सय ८८ मत प्राप्त गरि विजयी हुनुभएको छ ।

त्यस्तै लेखा तर्फ सन्दिप पौडेलले ६ सय १० मत प्राप्त गरि विजयी हुनुभएको छ भने अर्का उम्मेद्वार सुर्यराज अर्यालले ५ सय ७७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै लेखा सदस्यहरुमा तुलशी कार्कीले ५ सय ९४ मत र भरत प्रसाद शर्माले ५ सय ७७ मत प्राप्त गरि विजयी हुनुभएको छ । निर्वाचनमा उद्योगी व्यवसायिहरुले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए । सत्र सदस्यीय पदका लागि ३४ जनाको उम्मेद्वारी रहकोेमा तत्कालीन महासचिव लेखनाथ न्यौपानेको एउटा प्यानल रहेको थियो भने संस्थापक उपाध्यक्ष यम बहादुर क्षेत्री मिठुको अर्को प्यानलले उम्मेद्वारी दिएका थिए । सो निर्वाचन प्रकृया अन्र्तगत शनिबार संघको सभाहल बाढिपिडीतमा विहान ८ बजेदेखी साझँ ५ बजेसम्म संघमा आबद्ध उद्योगी ब्यपारीहरुले मतदान गरेका थिए । कुल १३ सय ९ मतदाता रहेको संघमा १ हजार २ सय ३२ मत खसेको निर्वाचन मण्डलका समयोजक रामकृष्ण पौडेलले जानकारी दिनुभएको छ । यसैबीच आइतबार विहान विजयी भएपश्चात सामुदायिक रेडियो दाउन्ने संग कुराकानी गर्दै अध्यक्ष लेखनाथ न्यौपाने, महासचिव दिनेश न्यौपाने र सचिव दामोदर पाण्ड निर्मलले आफुलाई अमुल्य मत दिई विजयी गराउनुहुने सम्पुर्ण उद्योगी, ब्यवसायी, शभचिन्तक लागएत निर्वाचनमा खटिनुहुने सम्पुर्णमा धन्यबाद ज्ञापन गर्दै चुनाव एक लोकतान्त्रिक अभ्यास मात्रै भएको हुदा निर्वाचित भइसकेपछी अबको दिनमा आफुहरुले सबै उद्योगी ब्यवसायीहरुको साझा भएको हुदा सबैसंग हातेमालो गर्दै संघलाई अगाडी बढाउन आफुहरु लागिपर्ने र सो कार्यमा सहयोगको समेत आफुहरुको अपेक्षा रहेको बताउनुभयो ।