बेलायतमा प्रेमध्वजको प्रेम ओपेन कन्सर्टदेखि गणतन्त्र दिवससम्म

प्रकाशित मिति:

लन्डन–संसारमै गीत,संगीत मन नपराउने मानिस बिरलै भेटिन्छन। अझ लोकप्रिय गायक,गायिका सामुन्ने भएपछि उनीहरुबाट गीत संगीत सुन्ने इच्छ्या कसलाई पो हुँदैनर र नेपाली गीत संगीतका त्यस्तै लोकप्रिय एबम मुर्धन्य व्यक्तित्व प्रेमध्वज प्रधान केहि सातादेखि बेलायत भ्रमणमा छन् । उनी जहाँ जान्छन्, त्यहाँ नेपालीहरु तस्विर खिच्न झुम्मिने मात्र होइन, सकेसम्म उनको सुमधुर गीत सुन्न समेत लालायित हुन्छन् ।

मगर संघ युकेद्वारा शनिबार आयोजित नेपाली ओपेन कन्सर्टमा प्रधानले आफ्ना कालजयी गीतहरुले सबैलाई मन्त्रमुग्ध पारे । मगर संघ युकेको निमन्त्रणामा र नेपाली राजदूततावासको विशेष पहलमा बेलायत आएका प्रधान गणतन्त्र दिवसदेखि एनआरएन बहस र अवार्ड वितरण कार्यक्रम सम्म सहभागी हुँदै आइरहेका छन् । ८१ वर्षीय प्रधानको सक्रियता साच्चिनै तारिफ गर्न लायक छ ।त्यसो त गीतकार एवम् साहित्यकार समेत रहेका दुबसु क्षेत्रीका नामले परिचित बेलायतस्थित नेपाली राजदूत डा।दुर्गाबहादुर सुबेदीको बिशेष सक्रियतामा बेलायत झिकाइएका प्रधानलाई सुवेदी प्रमुख अतिथि रहेका प्रायजसो कार्यक्रमहरुमा लाने गरेका छन् ।

रानीको देशमा गणतन्त्र दिवस

गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा बेलायतस्थित नेपाली राजदूतावासले ३० मे बिहीबारका दिन नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालको पर्यटन र संस्कृति प्रवद्र्धन गर्न म्यानचेस्टरमा एक विशेष समारोह आयोजना गरेको थियो । सो समारोहमा समेत वरिष्ठ गायक प्रेमध्वज प्रधानले विभिन्न राष्ट्रिय गीतहरु गाउँदै बेलायतमा रहेका नेपालीहरुलाई आफ्नो भाषा, सँस्कृति र कला नर्विसन र नेपाललाई माया गर्न आग्रह गरे ।

समारोहमा पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न भिडियो क्लिपहरु प्रस्तुति गर्नुका साथै पर्यटन प्रवद्र्धन सामाग्रीहरुको डिस्प्ले र वितरण गरिएको थियो । समारोहमा नेपाली कलाकारहरुद्वारा विभिन्न राष्ट्रिय र आधुनिक गितहरुमा नेपालको सँस्कृति झल्कने ६ वटा नृत्यहरु पनि प्रस्तुति गरिएको थियो ।उक्त समारोहमा गणतन्त्र दिवशको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि म्यानचेस्टर सिटीका लर्ड मेयर अविद लतिफ चोहानले २०३ वर्षभन्दा लामो नेपाल—वेलायत सम्बन्धको चर्चा गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बेलायती नागरिकहरुलाई नेपाल भ्रमण गर्न आफूले प्रोत्साहन गर्ने कुरा जानकारी गराए । साथै दुई देशका नागरिकहरुबीचको प्रगाढ सम्बन्धले आगामी दिनमा बेलायतमा नेपालको संस्कृति प्रवद्र्धन हुनाका साथै नेपालसँग पर्यटन, व्यापार, लगानी र सहयोगका क्षेत्रहरुमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

समारोहमा नेपाली राजदूत सुवेदीले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनैतिक स्थायित्वको महान गन्तव्यतर्फ अघि बढिरहेको विचार व्यक्त गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बेलायती नागरिक र गैरआवासीय नेपालीहरुलाई आफ्नो परिवार र मित्रहरुसहित नेपालको भ्रमण गर्न आग्रह गरे ।वर्तमान सरकारको प्रमुख लक्ष्य सुखी नेपाली र समृद्ध नेपालको निमार्ण गर्ने रहेको र सो लक्ष्य हाँसिल गर्नको लागि कानूनी र संरचनागत सुधार गरिरहेकोले नेपालमा लगानी र व्यापार विस्तार गर्न उपयुक्त समय रहेको कुरा वताए ।बेलायतस्थित डरहम युनिभरसिटिका प्राध्यापक डा। म्यानुअल मार्कले एक कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी क्षेत्रको ऐतिहासिक विकासक्रम र अनुसन्धान हेर्न नेपाल भ्रमण गर्नुपर्ने विचार व्यक्त गरे । म्यानचेस्टर आसपासका क्षेत्रका सांसद, कूटनैतिक नियोगका प्रमुखहरु मेयर, काउन्सिलरहरु, पर्यटन व्यवसायीहरु,उद्योग व्यापार सम्बद्ध महानुभावहरु,पत्रकार,गैरआवासीय नेपालीहरुलगायत ३०० जनाभन्दा बढी अतिथिहरु उपस्थिति रहेको लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।