
सातै प्रदेशमा ‘प्रदेश स्वास्थ्य निर्देशनालय’को नयाँ संरचना पारित, स्वास्थ्य निर्देशनालयमा प्रमुखसहित ३७ जना कर्मचारीको दरबन्दी
काठमाडौं । सातै प्रदेशमा अन्तरगतकाे स्वास्थ्य क्षेत्र हेर्ने ‘प्रदेश स्वास्थ्य निर्देशनालय’को नयाँ संरचना पारित भएकाे छ। संघीय सरकारले पारित गरेकाे नयाँ संरचना अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय रहने व्यवस्था छ।
सातवटै स्वास्थ्य निर्देशनालयमा प्रमुखसहित ३७ जना कर्मचारीको दरबन्दी रहने र स्वास्थ्य सेवा तर्फका ११ औं तहका कर्मचारी प्रमुख रहने व्यवस्था गरिएकाे छ ।
नयाँ संरचित प्रदेश स्वास्थ्य निर्देशनालयमा ९ वटा शाखा रहने व्यवस्था गरिएकाे छ । जसमा- नीति, योजना तथा कार्यक्रम समन्वय शाखा, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा, स्वास्थ्य सुचना तथा जनसंख्या व्यवस्थापन शाखा, खरिद तथा आपूर्ति व्यवस्थापन शाखा, प्रशासन शाखा, अनुगमन, मुल्यांकन तथा नियमन शाखा, स्वास्थ्य प्रर्वद्धन तथा तालिम शाखा र नर्सिङ सेवा व्यवस्थापन शाखा छन् ।
केन्द्रीय सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेश निर्देशनालयमा अावश्यक कर्मचारी समेत खटाइसकेको छ।