चुलिँदै ट्रम्पको विवाद : बेलायती राजपरिवारकी बुहारीलाई गरे गाली

प्रकाशित मिति:

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को एक मुद्दामा फसेका छन् । बेलायती राजकुमार ह्यारीकी श्रीमती मेघन मर्केललाई ‘दुष्ट’ भनेसँगै उनी विवादमा तानिएका हुन् ।

उनले द सनले लिएको अन्तर्वार्तामा मेद्दनलाई ‘दुष्ट’ शब्दको प्रयोग गरेका थिए । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पविरुद्ध मेघनले नकारात्मक टीप्पणी गरेकी थिइन् । त्यसैको आक्रोशमा ट्रम्पले उनलाई ‘दुष्ट’ शब्दले सम्बोधन गरेका हुन् ।

ट्रम्पले भने आफूले मेघनलाई दुष्ट नभनेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूले कहिले पनि उनलाई दुष्ट नभनेको तर, गलत समाचार दिने संस्थाले यसलाई बढाइचढाइ गरेको बताएका छन् । उनले त्यसका लागि सीएनएन र न्युयोर्कटाइम्सलाई मेन्सन गरेर माफी माग्नुपर्ने बताएका छन् ।

तर, ट्रम्पसँगको अन्तर्वार्ता ‘द सन’ को वेबसाइटमा प्रकाशित भएको थियो । त्यसमा ट्रम्पको आगामी बेलायत भ्रमणको विषयमा आधारित रहेर कुराकानी भएको थियो । ट्रम्पले मेघनलाई ‘दुष्ट’ भनको अन्तर्वार्ता सार्वजनिक भएसँगै सामाजिक सञ्जालको उनको चर्को आलोचना भएको छ ।