वडासचिवको काम वडाध्यक्षलाई

२० जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
25 Shares


बैतडी – बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ । वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैंले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीले बताए ।

नगरपालिकाभरि दुई जना सचिव रहेको उनले बताए । यस्तै जिल्लाभरि ८४ वडामध्ये ४१ वडा सचिवविहीन रहेका स्थानीय तहले जनाएका छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई मर्का परेको छ । स्थानीय तहका वडाबाट साविकको गाविसभन्दा कम सेवा पाउने गरेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले गुनासो गरे ।

वडामा कर्मचारी नहुँदा वडास्तरका सेवा पाउन सकिएको छैन भने स्थानीय तहमा पनि कर्मचारीकै अभाव रहेको छ । कर्मचारी नहुँदा वडाका काम प्रभावित हुने गरेको मेलौली नगरपालिका– ३ का वडाध्यक्ष रघुवीर भाटले जानकारी दिए । सिगास गाउँपालिकाका वडामा पनि सचिव नहुँदा सेवाग्राहीले सास्ती पाइरहेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बाँकेमा गाडी दुर्घटना हुदा ११ जनाको मृत्यु भयो
  • आज सोमबारको राशिफल
  • स्याङ्जा र तनहुँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
  • यसै वर्षको अन्तमा कोरोनाको भ्याक्सिन विश्वबजारमा आउने दाबी
  • निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश
  • अमेरिकामा चारसय स्वास्थकर्मीलाई नेपालीले खुवाए खाना
  • बुटवलको कोरोना विशेष अस्पतालबाट निको भएर चार जना घर फर्किए
  • नवलपरासीमा नंया प्रहरी प्रमुख आएसंगै तस्करहरुको भागाभाग
  • लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले…
  • आँधिखोला लघुवित्त वित्तिय संस्था द्वारा प्रदेश–५को विपद् ब्यवास्थापन राहत कोषमा…