ट्रम्प लन्डनमा उत्रिए, विरोध प्रदर्शन हुँदै

प्रकाशित मिति:

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका लागि सोमबार लन्डन पुगेका छन् । उनी चढेको एयर फोर्स वान विमान स्ट्यानस्टेड विमानस्थलमा अवतरण गरेको छ ।

ट्रम्पले राजपरिवारका सदस्यलाई भेट्ने र जलवायु परिवर्तन, चिनियाँ कम्पनी हुवावे लगायतका विषयमा बेलायती प्रधानमन्त्री टेरेसा मेसँग कुरा गर्ने जनाइएको छ । उनी त्यहाँ पुग्नुअघि लन्डनका मेयर सादिक खानको ट्रम्पले आलोचना गरेका थिए । खान पनि ट्रम्पका कडा आलोचक हुन् । ट्रम्पको भ्रमणसँगै बेलायतका विभिन्न भागमा विरोध प्रदर्शनको तयारी भइरहेको छ । – बीबीसी