मलेसिया जान रोक लगाउनु गलत : सांसद संग्रौला

प्रकाशित मिति:

काठमाडौं – सांसद डिला संग्रौला पन्तले बैदेशिक रोजगारीको गन्तव्य मुलुक मलेसिया जान रोक लगाउँदा लाखौ युवाहरु अलपत्र परेको भन्दै श्रम तथा रोजगार मन्त्रीको गम्भीर ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले ध्यानाकर्षण गराएकी हुन् । सो समयमा सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

सांसद पार्वती डिसी चौधरीले सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीलाई सार्वजनिक समारोहमा बोल्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएर यातना दिने काम गरेको भन्दै अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति का साथै शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरिन् । त्यस्तै सांसद नवराज सिलवालले कलंकी–कोटेश्वर सडक खण्ड सवारी दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै उहाँले सवारी दुर्घटना कम गर्ने गरि प्रभावकारी ट्राफिक व्यवस्था मिलाउन गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद प्रकाश रसाईली स्नेहीले धर्म प्रचारकको रुपमा चिनिदै आएको दक्षिण कोरियाको काङनाङ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको सम्झौता र काङनाङ विश्वविद्यालयले प्रधानमन्त्रीलाई दिएको विद्यावारिधीको उपाधीबारे सरकारको आधिकारीक धारणा माग गरे । सांसद प्रमिला राईले मुलुकभर हत्या हिंसा र भ्रष्टाचारका घटना बढीरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बालकृष्ण खाँडले सोलुखुम्बुका विभिन्न नगरपालिकाहरुले विद्यालयका शिक्षकहरुको विधि र प्रक्रिया विपरित मनपर्दी सरुवा गरिरहेको भन्दै उनीहरुको मनपर्दी सरुवा सच्याउन माग गरे । उनले देशभरी नै भइरहेको मनपर्दी सरुवा रोक्न पनि माग गरे । सांसद प्रमोद साहले लोकसेवा आयोगले १५जेष्ठमा आव्हन गरेको विज्ञापन गैह्र संवैधानिक भएको भन्दै आपत्ती जनाए । उनले विज्ञापन सच्याएर समावेशी बनाउन आग्रह गरेका छन् ।

थप समाचार