कपडा तथा सिलाई व्यवसायीको अधिवेशन,व्यवसायीलाई प्रोत्साहन गर्न आग्रह

प्रकाशित मिति:

बुटवल -व्यवसायिक बन्दै गरेको कपडा तथा सिलाई व्यवसायीहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीको सोमबार बुटवलमा भएको दोस्रो अधिवेशनमा बोल्ने वक्ताहरुले कपडा तथा सिलाई व्यवसायीलाई निरुत्साही बनाउने गरि सरकारले नियम बनाउन नहुने बताए ।

सरकारले अहिले करका नाममा व्यवसायीहरुलाई हत्तोत्साही बनाउने काम भएको भन्दै यसलाई सुधार गर्न व्यवसायीहरुको सुझाव छ ।कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले समृद्ध नेपाल बनाउन कपडा तथा सिलाई व्यवसाय पनि एक प्रमुख क्षेत्र हुनसक्ने बताए । उनले नेपालमा कपडा उद्योग भन्दा तयारी पोशाक विदेश निर्यात गर्न सक्ने भन्दै त्यस्ता उद्योग सञ्चालन गर्न सुझाव दिए । प्रदेश सरकार कपडा तथा सिलाई व्यवसायीलाई प्राृत्साहन गर्न तयार रहेको बताए ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सिलाई तथा कपडा व्यवसायीहरुलाई राज्यले फरक व्यवहार गरेको आभास भएकाले सरकारलाई अनिवार्य भ्याट हटाउन माग गरे । उनले थ्रेस होल्ड बढाउन माग गरेको तर राज्यले अनिवार्य भ्याट भनेर मध्यमस्तरको व्यवसायीलाई मर्कामा पार्ने काम भएको बताए । उनले प्रत्येक जिल्लामाकार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष लाल बहादुर परियार, प्रदेश ५ का संयोजक सुरेन्द्र परियार, प्रदेश ५ का संयोजक गणेश बराल, माहासंघका केन्द्रीय सल्लाहाकार राम प्रकाश दर्नाल, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य रामकुमार रणपाल, अर्का केन्द्रीय सदस्य रुपलाल परियार, केन्द्रीय सदस्य कृष्णा अधिकारी, महासंघका गण्डकी प्रदेशका चेत बहादुर परियार, आन्तरीक राजस्व कार्यालय बुटवलका अधिकृत लेखनाथ रेग्मी, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, विधान मस्यौदाकार तथा कानुन व्यवसायी प्रख्यात बन्जाडे, सिलाई तथा कपडा व्यवसायी संघका बाँके अध्यक्ष शालिकराम गौतम, बुटवल नगरका अध्यक्ष राजेन्द्र यादवले बोल्दै व्यवसायक एकतामा जोड दिए ।

कार्यक्रम जिल्ला अध्यक्ष सुवर्ण कुमार परियारको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष रमेश आब्जुको स्वागत, कार्यवाहक अध्यक्ष सुभाष परियारले हालसम्मको कार्यप्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चारकर्मी अनिल पहाडीले सञ्चालन गरेका थिए ।अधिवेशनका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा सैनामैना ४ नयाँ बजार स्थित पुजन टेलरमा आगजनीबाट पिडित भएका सञ्चालक शिव परियारलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देही र सैनामैना नगर समितिबाट १०÷१० हजार तथा अन्यसँग गरि जम्मा २५ हजार १ सय २० रुपैयाँ हस्तान्तरण गरिएको थियो ।