प्रदेश ५ सरकारले ११ थरि पदक बांड्ने

प्रकाशित मिति:

बुटवल -प्रदेश ५ सरकारले ऐन बनाएर ११ थरि पदक प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वको कदरका लागि पदकहरु प्रदान गर्न प्रदेश नंं ५ विभुषण विधेयक प्रदेशसभामा पेश गर्ने स्वीकृति प्रदान गरेको छ । उक्त विधेयक प्रदेशसभाबाट पारित भएपछि ऐनका आधारमा पदकहरु प्रदान गरिने छ । पदकहरुको घोषणा संविधान दिवसमा गरिने वितरण प्रदेश स्थापना दिवस फागुन ३ गते गर्ने निर्णय भएको सरकारका प्रवक्ता मनत्री बैजनाथ चौधरीले जानकारी गराए ।

प्रदेश सरकारले प्रदान गर्ने पदकहरुमा बुद्ध शान्ति पदक,प्रदेश प्रमुख जनसेवा पदक,मुख्यमन्त्री प्रज्ज्वल दीप,प्रदेश सेवा समर्पण,उजिरसिंह दीप,समाजसेवा श्री,प्रदेश रत्न,पुथाश्री,प्रदेश प्रज्ञा,प्रजापति गौतमी,दंगिशरण–बलिहाङ रहेका छन् । शान्ति स्थापना कार्यमा विशेष योगदान पु¥याएका व्यक्तिलाई बुद्ध शान्ति पदक प्रदान गरिने प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री चौधरीले जानकारी दिए । त्यस्तै संघीयता र गणतन्त्रको सुदृढिकरण तथा उत्कृष्ट र उल्लेखनीय कार्य गरी जनस्तरमा लोकप्रिय रहेका जनप्रतिनिधि,समाजसेवी वा प्रदेश सरकारबाट नियुक्त भएका व्यक्तिलाई प्रदेश प्रमुख जनसेवा पदक दिइने छ । यस्तै प्रदेशको समृद्धि तथा प्रतिष्ठा अभिबृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदक र इमान्दारिपुर्वक उत्कृष्ट एवं प्रशंसनीय कार्य गर्ने प्रदेश सरकार अन्तर्गतका कर्तव्य निष्ठ कर्मचारीलाई प्रदेश सेवा समर्पण पदक दिइने मन्त्री चौधरीले जानकारी दिए ।

देशको सुरक्षा तथा विपदमा उद्धारको क्रममा अभूतपुर्व क्षमता प्रदर्शन गरी वरिता र साहसपूर्ण काम गर्ने व्यक्तिलाई उजिरसिंह दीप पदक, समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दीगो विकास, समाज सुधार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई समाजसेवा श्री पदक दिइने छ । यस्तै कृषि,श्रम,रोजगारी र विज्ञान तथा प्रविधिको क्षेत्रमा अनूकरणीय काम गरेका तथा भाषा, कला, साहित्य,संगीत,शिक्षा,खेलकुदको विधामा सर्वोत्कृष्ट विधा प्रदर्शन गरी प्रदेशको गौरव बढाउन योगदान गर्नेलाई प्रदेश रत्न पदक प्रदान गरिने छ । प्रदेशभित्र पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय योगदान गर्नेलाई पुथा श्री पदक, शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट योगदान पु¥याएका विद्यालय,विश्वविद्यालय तथा तिनका शिक्षक एवं पदाधिकारीलाई प्रदेश प्रज्ञा पदक प्रदान गरिनेछ । महिला सशक्तिकरण र बालबालिकाको हक,हित र संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका महिलालाई प्रजापति गौतमी पदक दिइनेछ । र सामाजिक सद्भाव र समाज सुधारमा काम गरेका अभियन्ता तथा सांस्कृतिक पहिचान क्षेत्रमा उल्लेखनीय योगदान गरेका व्यक्तिलाई दंगीशरण–बलिहाङ पदक प्रदान गरिने प्रवक्ता चौधरीले बताए । मन्त्रिपरिषद वैठकले सार्वजनिक खर्चको मापदण्ड कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ लाई संशोधन गरेको छ । संशोधनसंगै मुख्यमन्त्रीको कार्यालयबाट मन्त्रीहरुले पाउने गरेको तलब भत्ता,इन्धन लगायतका सेवा सुविधा आ–आफ्नै मन्त्रालयबाट पाउने भएका छन् । वैैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि तथा सार्वजनिक लिखत प्रमाणिकरण नियमावली २०७६ स्वीकृति गरेको छ । यस्तै प्राइभेट फर्म दर्ता र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता चौधरीले जानकारी दिए । यस्तै प्युठानको ऐरावती र माण्डवी गाउपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा ती पालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकारसमक्ष पठाउने वैठकले निर्णय गरेको छ । यस्तै कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं ३ को सिमाना परिवर्तन गरी वडा नंं १ मा मिलाउन भनी आएको प्रस्ताव संघीय सरकारमा पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।