मुख्यमन्त्री पोख्रेल चीन भ्रमणमा जाने

प्रकाशित मिति:

बुटवल -प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री पोखरेल आगामी असार २५ देखि साउन १ गतेसम्म चीनको भ्रमण गर्ने भएका हुन् । मुख्यमन्त्रीको भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद वैठकले स्वीकृत गरी संघीय सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तराष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल चीन भ्रमणमा जाने कार्यक्रम तय भएको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । भ्रमणका क्रममा मुख्यमन्त्रीले गरिबी निवारण तथा विकासबारे हुने कार्यक्रममा सहभागिता जनाउने छन् । मुख्यमन्त्रीको भ्रमणले चीन तथा नेपालका शहरहरुबीचमा भगिनी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने प्रवक्ता चौधरीले बताए ।