मेरुदण्ड सहकारीद्धारा रेमिट्यान्स सेवा सुरु

प्रकाशित मिति:

सैनामैना- जगिलाल थापा सैनामैना ३ मुर्गिया स्थित मेरुदण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार देखी रेमिट्यान्स सेवा सुरु गरेको छ ।रेमिट्यान्स सेवाको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले रिबन काटेर सुरुवात गर्नुभएको छ ।

सो अवसरमा बोल्दै नगर प्रमुख कार्कीले सैनामैनामा विभिन्न वित्तिय संस्थाहरु खुलिरहेको अवस्थामा सहकारीले पनि रेमिट्यान्स सेवा सुरुवात गरेर उल्लेखनीय कार्य गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका कार्कीले सहकारीले बचत संकलन र ऋण तथा कर्जा प्रवाह गरिरहेको अवस्थामा रेमिट्यान्स सेवा समेत सुचारु गरेको प्रति प्रशंसा गर्दै यसले नगरको आर्थिक विकाशमा समेत टेवा पुग्नेमा बिश्वास व्यक्त गर्नुभयो ।

संथाका अध्यक्ष चन्द्रकान्त भण्डारीले रेमिट्यान्स सेवाले बैदेशिक रोजगारमा रहेका र नेपालका हरेक ठाउँमा रहेका आम नागरिकले सहज तरिकाले पैसा पठाउन र पाउन सक्ने बताउनुभयो । सहकारीले आइएमइ रेमिट,हिमाल रेमिट,सिटी एक्सप्रेस लगायतका रेमिटहरु संचालनमा ल्याएको छ । यसैबिच सहकारीले २०७५ साल मंसिर ४ गते सडक दुर्घटनामा ज्यान गुमाएका डिलाराम सुबेदीको श्रीमती शेयर सदस्य तुल्सा देवी सुवेदीलाइ नगद रु १ लाख आर्थिक सहयोग गरेको छ । यस्तै २०७६ साल बैशाख २९ गते सडक दुर्घटनामा नै ज्यान गुमाएका संस्थाका शेयर सदस्य रामलाल भुसालकी श्रीमती हुमकला भुसाललाइ नगद रु ५ हजार हस्तान्त्रण गरिएको सहकारीले जनाएको छ ।सहकारीले विभिन्न समयमा सामाजिक क्षेत्रमा सक्रिय कार्यगर्दै आएको छ । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रकान्त भण्डारीको अध्यक्षता तथा सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको हो । संस्था उपाध्यक्ष रामप्रसाद पौडेलको स्वागत तथा सचिव चाम बहादुर क्षेत्रीको संचालनमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।