साग खेलकुदमा एभरेष्ट बुटवलका तीन खेलाडि छनोट

प्रकाशित मिति:

झविन्द्र देवकोटा बुटवल नेपालमा हुन लागेको १३ औं साउथ एशियन खेलकुदको भलिवलतर्फको खेलका लागि प्रदेश नम्बर ५ का तीन जना खेलाडि बुटवलका परेका छन् । साउथ एशियन खेलकुद प्रतियोगिताको भलिवल खेलका लागि बुटवलमा रहेको एभरेष्ट माविका तीन जना विद्यार्थी पहिले चरणको छनोटमा परेका हुन् ।

भलिवलका लागि प्रदेश ५ बाट पुनम चन्द, सरस्वती कट्टेल, एम कली कुवर मगर हुन् । उनीहरु अन्तिम चरणमा छनोटभएभने नेपालको तर्फबाट खेल्न पाउने एभरेष्टका प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए । साउथ एशियन खेलकुदको भलिवलका लागि अहिले बुटवलका तीन जनासँगै २५ जना पहिलो चरणको छनोटमा परेका छन् । घिमिरेका अनुसार नेपाल आर्मिबाट ७, एपीएफबाट ५, नेपाल पुलिसबाट ३, गण्डकी प्रदेशबाट ३, प्रदेश ३ बाट तीन र प्रदेश ५ को बुटवलबाट तीन गरि २५ जना अहिले छनोटमा परेका हुन् । यीबाट पनि छानिएर अन्तिम १२ जनाको टिममा पनृेले प्रतियोगितामा प्रतिस्प्रर्धा गर्न पाउने छन् ।

आउने साग खेलकुद काठमाडौँ र पोखरामा हुने छ भने जसमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, खो खो, कराते र गल्फ खेल गरि २५ खेलहरु सेलेक्सनमा परेका बताइएको छ । पटकपटक सदै आएको साग खेलको मिति भने तय भएको छैन ।