पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीमा जिल्ला लिग २०७६ सुरु

प्रकाशित मिति:

नवलपरासी –अखिल नेपाल फुटबल संघ एन्फाको कार्यतालिका अनुसार पश्चिम नवलपरासी जिल्ला फुटबल संघको आयोजना र सुर्यज्योती युवा क्लब बर्दघाट २ चिसापानीको सहयोजनामा जिल्ला लिग २०७६ सोमबार देखी सुर्यज्योती खेलमैदान चिसापानीमा सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा नवलपरासीका अध्यक्ष धन प्रसाद गूरुंगको अध्यक्षतामा सुरु भएको खेलको समुद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिकाले खेल क्षेत्रलाई मत्वका साथ हेरिरहेको र खेलकुदका लागी यस क्षेत्रमा पुर्वाधारहरु तैयार भइरहेको बताउदै समग्र पश्चिम नवलपरासीले विभिन्न विधिका राष्ट्रिय खेलाडीहरु उत्पादन गरिरहेको हुदा यस क्षेत्रमा विभिन्न विधाका खेलकुद प्रतियोगिता हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एन्फाका केन्द्रिय सह महासचिव प्रकाश पंगेनी, जिल्ला खेलकुद समिति नवलपरासीका अध्यक्ष कुमार आले, सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे, समाजसेवी हेमलाल ज्ञवली लगाएत स्थानिय संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिव, खेल प्रेमी, सञ्चारकर्मी र खेलाडीहरुको सहभागिता रहेको थियो ।

संघका जिल्ला उपाध्यक्ष मिलन गुरुंगको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संघका जिल्ला महासचिव सुविन्द्र कंवर योगीले गर्नुभएको थियो । सो लिगमा एन्फा नवलपरासीमा आबद्ध १० टिमको सहभागिता रहेको खेल असार महिनाको ११ गतेसम्म सञ्चालन हुने र लिगमा विजेता हुने टिमलाई नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता हुने टिमलाई नगद ३० हजार सहित मेडल र प्रमाण प्रदान गरिने संघका महासचिव सुविन्द्र कंवर योगीले जानकारी दिनुभएको छ । सो लिग अन्र्तगत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद समेत प्रदान गरिने महासचिव योगीले जानाकरी दिनुभएको छ । सो खेलको मिडिया पार्टनर सामुदायिक रेडियो दाउन्ने रहेको छ । सो लिग अन्र्तगत सोमबार जनज्योती युवा क्लब सुनवल ५ र विगबुद्ध युवा क्लब सुनवल ६ बीच भएको उद्घाटन खेलको पहिलो हाफको २५ औँ मिनेटमा विगबुद्ध युवा क्लबका जर्सी नम्बर ११ का दुर्गा विकले एक गोल हानी टिमलाई अग्रता दिलाएका थिए । भने खेलको दोस्रो हाफमा जर्सी नम्बर ११ कै खेलाडी विकले १ गोल थप गरि टिमलाई २, ० अन्तरले जित दिलाउन सफल भएका छन । मंगलबारको खेलमा मनोकामना युवा क्लब सुनवल १० र जेनिथ युवा क्लब सुनवल २० बीच हुने आयोजकले जनाएको छ ।