यौन दुराचारको आरोपमा शिक्षक पक्राउ

२० जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
15 Shares


रौतहट– चार वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा रौतहटमा एक शिक्षक पक्राउ परेका छन्। रौतहटको बौद्धिमाई नगरपालिका ५ कोपवाका शिक्षक मनेजर राय यादवले चार वर्षीया बालिकालाई शौचालयमा लगेर यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन्।

बौद्धिमाई नगरपालिकाको बंकुल बजारमा रहेको डाइनामिन इंगलिस बोर्डिंगका शिक्षक यादवले ४ वर्षकी एक बालिकालाई फकाएर अनैतिक काम गरेको जानकारी बालिकाले अभिभावकलाई दिएपछि अभिभावकको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।बालिकाले आफ्नो अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नविन कार्कीले बताएका छन्। शिक्षक यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी कार्कीले बताए।यादवलाई अनुसन्धानका लागि जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न