वेद के हो, किन पढ्ने ?

प्रकाशित मिति:

एजेन्सी -संसारकै प्रथम धर्मग्रन्थको रुपमा हिन्दूधर्मको वेदलाई मानिन्छ । सनातन धर्मको वेदको आधारमा संसारमा अन्य धर्मको उत्पत्ति भएको र उनीहरुले वेदमा भएको ज्ञानलाई नै आफू अनुकुल भिन्न–भिन्न भाषामा व्याख्या गर्दै प्रचलित गरेको मानिन्छ ।

भगवानले ऋषिमुनीलाई सुनाएको ज्ञानको आधारमा वेद लेखिएको हो । त्यसैले वेदलाई श्रुति भनिन्छ । वेदको अर्थ ज्ञान हुन्छ । वेद पुरातन ज्ञान–विज्ञानको अथाहा भण्डार हो ।वेदमा मानव जीवनको हर समस्याको समाधान उल्लेख छ । वेदहरुमा ब्रह्मा ९ईश्वर०, देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीतिरिवाज आदि सबै विषयसँग सम्बन्धित ज्ञानले भरिएको पाइन्छ ।

हिन्दू धर्मका मुख्य वेदका रुपमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार वेद रहेका छन् । शतपथ ब्राह्मणको श्लोकअनुसार अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरेर चार वेद प्राप्त गरेको उल्लेख छ । तीन वेद ९ऋग्वेद, यजुर्वेद र सामवेद०लाई अग्नि, वायु, सूर्य ९आदित्य० र अथर्ववेदलाई अंगिराबाट उत्पन्न भएको मानिन्छ । वेदलाई सबैभन्दा प्राचिन पुस्तक मानिन्छ । त्यसैले कुनै पनि व्यक्ति तथा स्थानको नाम वेदहरुसँग सम्बन्धित राखिनु स्वभाविक हो । रामायाण, महाभारत आदिमा आएको शब्दबाट आजको समयमा पनि मानिस तथा स्थानको नामाकरण हुने गर्दछ ।मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेजको रुपमा वेदलाई लिइन्छ । वेदहरुको २८ हजार पाण्डुलिपी भारतको पुणेस्थित ‘भण्डारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युट’मा सुरक्षित राखिएको छ । यसमा ऋग्वेदको ३० पाण्डुलिपी अत्यन्तै महत्वपूर्ण रहेको बताइन्छ । यसलाई यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यूनेस्कोले ऋग्वेदको १८०० देखि १५०० ईशा पूर्वको ३० पाण्डुलिपीलाई सांस्कृतिक धरोहरको सूचीमा राखेको हो ।