डेब्यू अगाडि ९० केजी थिइन् सोनाक्षी

प्रकाशित मिति:

एजेन्सी -बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आइतवारबाट ३२ वर्षकी भएकी छन् । २ जून १९८७ मा मुम्बईमा जन्मिएकी उनले कहिल्यै अभिनेत्री बन्ने सोचेकी थिइनन् । सन् २०१० मा उनले बलिउड सुपरस्टार सलमान खानको अपोजिटमा फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यू गरिन् । यो फिल्मका लागि उनले ३० केजी तौल कम गरेकी थिइन् । डेब्यू अगाडि उनी ९० केजी थिइन् । उनी बलिउड अभिनेता शत्रुघन सिन्हाकी छोरी हुन् ।

सोनाक्षीले आफ्नो करिअरको सुरुवात कस्ट्युम डिजाइनरको रुपमा गरेकी थिइन् । उनी अभिनेत्री बन्न चाहन्न थिइन्, तर सलमानले भनेपछि उनले फिल्ममा करिअर बनाउने सोचेकी थिइन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म सलमानप्रति सधैं कृतज्ञ छु कि, उहाँले मलाई वजन कम गर्नका लागि मोटिभेट गर्नुभयो । सलमानले भनेपछि मैले आफूलाई ध्यान दिन र वजन कम गर्न सुरु गरेको थिएँ ।’

उनी आफूलाई ३० केजी तौल घटाउन कम गाह्रो नभएको बताउँछिन् । सोनाक्षी भन्छिन्, ‘म जिमलाई घृणा गर्ने मध्येको एक हुँ । मलाई जिमदेखि एलर्जी थियो । तर, जब म एकपटक कुनै चीजमा आफ्नो ध्यान लगाउँछु तब त्यसलाई हासिल गरेरै छाड्छु । मैले वजन घटाएरै छाड्ने आफूसँग बाचा गरेको थिएँ, जुन पूरा गरेँ ।’ उनले वजन कम गर्नका लागि शाहिद कपूरको पर्सनल ट्रेनरको हायर गरेकी थिइन् ।

ुदबंगु का अलावा सोनाक्षीले ुराउडी राठोरु, ुसन अफ सरदारु, ुदबंग(२ु, ुलुटेराु, ुबुलेट राजाु, ुआर।राजकुमारु, ुहोलिडे स् अ सोल्जर इज नेवर अफ ड्यूटीु, ुएक्शन ज्याक्सनु, ुतेवरु र ुह्याप्पी फिर भाग जाएगीु लगायतका दुई दर्जन बढी फिल्ममा काम गरिसकेकी छन् । उनी चाँडै ुदबंगु को तेस्रो पार्टमा सलमानको अपोजिटमा देखिँदैछिन् । भने, फिल्म ुमिशन मंगलु मा पनि काम गर्दैछिन् ।